लेखा अधिकृतसहित तीन जना विरुद्ध मुद्दा - Nepal Talk
आषाढ़ २३ गते, २०७७

लेखा अधिकृतसहित तीन जना विरुद्ध मुद्दा

पटक हेरिएको

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुसेवा विभाग ललितपुरका लेखा अधिकृत रमेश कार्कीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

मुद्दा दायर गरिएकामा कार्कीका अतिरिक्त रूपन्देही जिल्ला अदालतका नायब सुब्बा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मा छन्।

पशुसेवा विभागका लेखा अधिकृत कार्कीले कार्यालयको सूचना विज्ञापन पत्रिकामा प्रकाशित गरेपश्चात् सेवाग्राहीलाई बिल रकम भुक्तानी गर्ने क्रममा ८ हजार ५ सय रुपैयाँ घूस लिएको अनुसन्धानबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

रूपन्देही जिल्ला अदालतका नायब सुब्बा न्यौपाने र लेखापाल शर्माले मुद्दाको धरौटी रकम फिर्ता दिने क्रममा सेवाग्राहीसँग घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ। मुद्दा दायर गरिएसँगै उनीहरू तीनै जना सेवाबाट निलम्बित भएका छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: