श्रावण ३२ गते, २०७६

आज इलिमिनेटर अन्तर्गत दिल्ली र हैदरावादबीच खेल हुदै

पटक हेरिएको

काठमाडौँ । आइपिएल अन्तर्गत आज इलिमिनेटर अन्तर्गत दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ। विशाखापट्टनममा हुने यो खेल नेपाली समय साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुने छ। गएराती सम्पन्न पहिलो क्वालिफायर खेलमा चेन्नईलाई पराजित गर्दै मुम्बई इण्डियन्स फाइनलमा पुगिसकेको छ। अब दिल्ली र सनराइजर्सबिचको विजेताले चेन्नईसँग दोस्रो क्वालिफायरमा खेल्ने छ।

यस सिजनमा दिल्लीले समूह चरणमा खेलेका १४ खेलमा ९ खेलमा जित हासिल गर्दै प्लेअफको यात्रा तय गरेको हो। युवा खेलाडीले भरिएको दिल्लीले यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै सन् २०१२ पछि पहिलो पटक प्लेअफमा पुगेको हो। दिल्लीको टिम अहिलेसम्म आइपिएलको फाइनलमा पुगेको छैन। दिल्लीका खेलाडीको प्रदर्शन हेर्दा यसै सिजनमा दिल्ली टिममा आएका शिखर धवनले दिल्लीका लागि सर्वाधिक ४८६ रन बनाएका छन्।

शिखरले १४ खेलमा ५ अर्धशतक बनाएका छन्। त्यस्तै कप्तान श्रेयस अय्यरले ४४२ रन बनाएका थिए। त्यस्तै ऋषभ पन्तले ४०१ रन बनाएका छन्। त्यस्तै दिल्लीका लागि कागीसो रबाडाले यस सिजनमा २५ विकेट लिएका छन् तर उनी यस खेलमा भने खेल्ने छैनन्। त्यस्तै क्रिस मोरिसले १३ विकेट लिएका छन् भने इशान्त शर्माले १० विकेट लिएका छन्। त्यस्तै अक्षर पटेल र अमित मिश्राले ९–९ विकेट लिएका छन् भने सन्दीप लामिछानेले ८ विकेट लिएका छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: