जेष्ठ ९ गते, २०७६

इङल्यान्डद्धारा पाकिस्तान ६ विकेटले पराजित

पटक हेरिएको

ब्रिस्टोल । जोनी बेयरस्ट्रोको शतकको मद्दतले तेस्रो एकदिवशीय क्रिकेट प्रतिस्पर्धामा इङल्यान्डले पाकिस्तानलाई मङ्गलबार छ विकेटले पराजित गरेको छ। विश्वकप क्रिकेटको आयोजक इङल्यान्डको उक्त विजयले इङल्यान्ड टिमको मनोबल पनि उच्च भएको छ।

बेयरस्ट्रोले व्यक्तिगत १२८ रन बनाएका थिए। यो जितसँगै पाँच खेलको यस शृङ्खलामा इङल्यान्ड २-० ले अघि छ। इङल्यान्डका कप्तान इयोन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका थिए।

पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले नौ विकेटको क्षतिमा ३५८ रनको उच्च स्कोर खडा गरेको थियो। पाकिस्तानका लागि इमाम उल हकले व्यक्तिगत १५१ रनको योगदान गरेका थिए।

प्रतिकृया लेख्नुहोस्: