श्रावण ३२ गते, २०७६

युरोकप छनोट प्रतियोगिता अन्तर्गत पोल्याण्डको सानदार जित

पटक हेरिएको

एजेन्सी । युरोकप छनोट प्रतियोगिता अन्तर्गत समूह जीमा पोल्याण्डले शतप्रतिशत जित निकालेको छ। सोमबार भएको खेलमा पोल्याण्डले इजरायललाई ४–० ले हरायो। यो जितसँगै पोल्याण्ड समूह जीको शीर्ष स्थानमा उक्लिएको छ। उसले चार खेलबाट १२ अंक बनाएको छ। पोल्याण्डको वर्सामा भएको खेलको ३५ औं मिनेटमा घरेलु टोलीले अग्रता लियो। उसका लागि क्रिष्टोफ पियाटेकले गोल गरेका थिए।

पहिलो हाफमा सोही गोलको अग्रता कायम राखेको पोल्याण्डले ५६औं मिनेटमा पेनाल्टी पायो। पेनाल्टीलाई रोबर्ट लेवान्दोस्कीले गोलमा परिणत गर्दै पोल्याण्डको अग्रता २–० मा लम्ब्याए। त्यसको दुई मिनेटपछि कामिल ग्रोसिकीले गोल गर्दै पोल्याण्डको अग्रता ३–० मा पुर्‍याए। ८४औं मिनेटमा दमिन कात्जोरले गोल गरेपछि पोल्याण्डले ४–० को जित निकालेको हो।

यूरो कप छनोट अन्तर्गत सोमबार राति चेक रिपब्लिकले मोन्टेनेग्रोलाई ३–० ले हरायो भने कोसोभोले बुल्गेरियालाई ३–२ ले पराजित ग¥यो। यस्तै युक्रेनले लग्जम्बर्गलाई १–० ले हरायो भने सर्वियाले लिथ्वानियामाथि ४–१ को जित निकाल्यो।

आयरल्याण्ड रिपब्लिक जिब्राल्टरलाई २–० ले हराउँदै समूह डीको शीर्ष स्थानमा उक्लिएको छ। यस समूहमा डेनमार्कले जर्जियालाई ५–१ ले हराएपछि समूुहको दोस्रो स्थानमा उक्लिन सफल भएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: