श्रावण ३२ गते, २०७६

युरोकप छनोट : इस्टोनियाको पोस्ट्मा जर्मनीको आठ गोल

पटक हेरिएको

एजेन्सी । युरोकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले इस्टोनिया विरूद्ध गोलको बर्षा गरेको छ। एकपक्षीय खेलमा जर्मनीले इस्टोनियालाई ८-० को फराकिलो अन्तरले हराएको हो। घरेलु मैदानमा भएको खेलमा जर्मनीले फराकिलो जित निकाल्दा मार्को रिउस र सर्जी जिनाब्रीले २र२ गोल गरे। लियोन गोरेट्का, इकेए गुन्डोगान, टिमो वेर्नर र लिरोए सानेको नाममा १/१ गोल रह्यो।

जर्मनीले पहिलो हाफमै ५ गोल गरेको थियो। उसले दोस्रो हाफमा ३ गोल थप्यो। जर्मनीका लागि १० औं मिनेटमा मार्को रिउसले थिलो केरहरको पासमा गोल गर्दै अग्रता दिलाए। त्यस पछि १७ औं मिनेटमा लिरोए सानेको पासमा सर्जी जिनाब्रीले गोल गरे। २० औं मिनेटमा जोसुवा किम्मिचको पासमा लियोन गोरेट्काले गोल गरे पछि अग्रता ३-० मा पुग्यो।

जर्मनी रोकिएन। २६ औं मिनेटमा इकेए गुन्डोगानले पेनाल्टीमा गोल गरे। त्यस पछि ३७ औं मिनेटमा मार्को रिउसले व्यक्तिगत दोस्रो गोल गरे। यो सँगै उसले पहिलो हाफमा ५ गोललको अग्रता बनायो। दोस्रो हाफमा जर्मनीले ३ गोल थप्यो। ६२ औं मिनेटमा सर्जी जिनाब्रीले टिमका लागि व्यक्तिगत दोस्रो गोल गरे।

७९ औं मिनेटमा टिमो वेर्नरले गोल गरे। ८८ औं मिनेटमा लिरोए सानेले गोल गरे पछि जर्मनीले ८-० को फराकिलो जित निकाल्यो। यो जितसँगै जर्मनी समूह ‘सी’ मा ३ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा छ। यो समूहमा ४ खेलबाट १२ अंक सहित नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: