श्रावण ३२ गते, २०७६

युरोकप छनोटमा ईटालीको जीत

पटक हेरिएको

एजेन्सी । युरोकप छनोटमा ईटालीले जित हासिल गरेको छ। मंगलबार राति भएको खेलमा ईटालीले बोस्निया हर्जगोभिनालाई २–१ गोल अन्तरले हराउँदै जित निकालेको हो। ईटालीको घरेलु मैदान टुरिनमा भएको खेलमा ३२ औँ मिनेटमा ईडिन जेकोको गोलबाट पाहुना टोलीले अग्रता लिएको थियो।

४९ औ मिनेटमा इटालीका लोरेन्जो ईनसाईनले खेल बराबरीमा ल्याएका थिए। ८६ औ मिनेटमा फरवार्ड भेराट्टीले गोल गर्दै ईटालीलाई पुनरागमन जित दिलाए। समुह जेको शीर्ष स्थानमा रहेको ईटालीले ४ खेलबाट १२ अंक जोडेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: