मंसिर २० गते, २०७६

एथ्लेटिको मड्रिडसँग युभेन्टस पराजित

पटक हेरिएको

एजेन्सी । एथ्लेटिको मड्रिडले इन्टरनेसनल च्याम्पियन्स कपमा युभेन्टसलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले युभेन्टसलाई २–१ गोल अन्तरले पराजित गरेको हो। एथ्लेटिको मड्रिडको जितमा जोओ फेलिक्स र थोमस लेमारले समान १–१ गोल गरे । त्यस्तै, सामी खेडिराले युभेन्टसका लागि एक गोल गरेका थिए।

२४ औं मिनेटमा फेलिक्सले गोल गरेपछि एथ्लेटिको मड्रिडले सुरुवाती अग्रता बनायो। २९ औं मिनेटमा युभेन्टसका खेडिरा गोल गरेपछि खेल १–१ गोलको बराबरीमा आएको थियो। फेरि खेलको ३३ औं मिनेटमा गोल गर्दै एथ्लेटिको मड्रिडले २–१ गोलको अग्रता लियो। यो पटक भने फेलिक्सले गोल गरेका थिए।

पहिलो हाफमा २–१ गोलको अग्रता लिएका एथ्लेटिको मड्रिडले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो।

Loading...

प्रतिकृया लेख्नुहोस्: