मंसिर ३० गते, २०७६

एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले गरे जोओ फेलिक्सको प्रशंसा

पटक हेरिएको

एजेन्सी । एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले जोओ फेलिक्सको प्रशंसा गरेका छन्। यसै सिजन एट्लेटिकोमा आबद्ध भएका फेलिक्सले गएराति युभेन्टसमाथि जित निकाल्दा १ गोल गरेका थिए। उक्त खेलमा एट्लेटिको मड्रिडले युुभेन्टसमाथि २–१ ले विजय भएको थियो।

१९ वर्षीय पोर्चुुगेली स्टार फेलिक्स बेन्फिका क्लबबाट गएको जुनमा ट्रान्सफर रेकर्ड बनाउँदै एट्लेटिको मड्रिडमा आएका हुन्। उनी १२६ मिलियन युुरोमा आएर विश्वकै सबैभन्दा महँगो ट्रान्सफरको तेस्रो स्थानमा आफूलाई राखेका छन्। उनले प्रि–सिजनको ५ खेलमा ३ गोल र ४ एसिस्ट गोल गरेका छन्। गएको सिजनमा फेलिक्सले बेन्फिकाको ४२ खेलमा २० गोल गरेका थिए।

प्रशिक्षक सिमोन फेलिक्सको प्रदर्शनबाट एकदमै प्रभावित भएका छन्। “जोओ फेलिक्समा अनेक क्षमता छ। टिमलाई आवश्यक पर्ने कुुराहरुलाई उनी चाँडै नै आत्मसात् गर्छन्,” सिमोनले भने, “उनीसँग अनेक पोजिसनमा आफूलाई ढाल्न सक्ने दृष्टि छ। उनको प्रदर्शन अद्भूत छ। उनी सिक्न चाहन्छन्। उनको क्षमता जन्मजात नै हो तर उनले सिक्नुुपर्ने कुरा उत्कृष्ट प्रदर्शन हो।”

Loading...

प्रतिकृया लेख्नुहोस्: