मंसिर ३० गते, २०७६

कुलमानलाई जिते मन्त्री बर्षमान पुनले….

पटक हेरिएको

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ३४औं वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनको नेतृत्वमा रहेको मन्त्रालयको टोलीले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको नेतृत्वको टोलीमाथि ३–० को जित निकालेको छ।

प्रतियोगितामा नेपाल विद्युत् प्राधिकरण र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधिले प्रतिस्पर्धा गरेका थिए। आइतबार बिहान भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको प्रतियोगितामा मन्त्रालयका तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन र प्राधिकरणका तर्फबाट निर्देशक कुलमान घिसिङको नेतृत्वको टोली सहभागी थियो। मन्त्रालयका तर्फबाट ऊर्जामन्त्री पुनले २ गोल तथा उनका स्वकीय सचिव दुर्गा चापागाईंले १ गोल गरेका हुन्। प्रतियोगिता जम्मा २० मिनेट खेलाइएको थियो ।

Loading...

प्रतिकृया लेख्नुहोस्: