श्रावण ३२ गते, २०७६

ग्लोबल टी-२० को उपाधि सोमपालको टिमले जित्यो

पटक हेरिएको

काठमाडौं । नेपालका बलर सोमपाल कामी सम्मिलित टिम विन्निपिग हक्सले क्यानडा सम्पन्न ग्लोबल टी-२० क्रिकेटको उपाधि जितेको छ। भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा हराएसँगै उनको टिमले उपाधि हात पारेको हो। भ्यानकुभरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको हक्सले १ सय ९२ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको नाइट्सले पनि २० ओभरमा १ सय ९२ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा १० रनको लक्ष्य हक्सले चार बलमा भेट्टाएको हो। सुरुआत राम्रो गर्न नसके पनि भ्यानकुभरका कप्तान सोयब मल्लिक र आन्द्रे रसेलले उत्कृष्ट पारि खेले। मलिक ६४ रन बनाएर आउँट हुँदा रसेल ४६ रनमा नट आउट रहे। सुपर ओभरमा पहिला ब्याटिङ गरेको भ्यानकुभरले २ विकेट गुमाएर ९ रन बनाएको थियो।

सुपर ओभरको पहिलो बलमा आन्द्रे रसेलले छक्का प्रहार गरेका थिए। दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा लेग बाई मार्फत १ रन आएको थियो। चौथो बलमा रसेल आउट भएका थिए। पाँचौं बल डट भयो भने छैटौं बलमा भान डुर सेन आउट भए। १० रनको लक्ष्य पछ्याएको विनिपेग्सले २ बल बाँकी छँदै पुरा गरेको थियो।

यसअघि एड्मोन्टन रोयल्सविरुद्ध खेलेका सोमपालले दुई ओभर बलिङ गरेर ३३ रन खर्चिएका थिए। नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने पनि ग्लोबल टी–२० मा टोरन्टो नेशनल्सबाट खेलेका थिए। उनको टिम इलिमिनेटर खेलमा हक्ससँग नै पराजित भएको हो।

Loading...

प्रतिकृया लेख्नुहोस्: