आश्विन १ गते, २०७६

नेपालले मलेसियन लिग च्याम्पियन टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने

पटक हेरिएको

काठमाडौं । फिफा विश्वकप फुटबलको दोस्रो चरण छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियन लिग च्याम्पियन टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। एन्फाले लिएको जानकारी अनुसार नेपाली टोलीले मलेसियन च्याम्पियन टोली जोहार डारुल ताजिम क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो।

जोहान कालिनको प्रशिक्षणमा रहेको नेपालले भदौ ९ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो। त्यसपछि नेपालले विश्वकप छनोट खेल्नेछ। विश्वकप छनोटको समूह बी मा रहेका नेपालले कुवेतसँगै अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले सेप्टेम्बर ५ मा कुवेतसँग खेल्नेछ।

प्रशिक्षक कालिनले खेललाई थप मजबुत बनाउन सहयोग पुग्ने बताएका छन्। पछिल्ला दुई खेलमा नेपालले कुवेतसँग १ खेलमा बराबरी र १ मा हार ब्यहोरेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: