मंसिर ३ गते, २०७६

मैत्रीपूर्ण भलिबल खेलमा अफगानिस्तानविरुद्ध नेपालको जित

पटक हेरिएको

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी गरिरहेको नेपाली टोलीले अफगानिस्तानविरुद्ध भएको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको छ। बुधबार लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको खेलमा नेपालले ३-२ सेटको जित निकालेको हो।

पहिलो सेट २५-२२ ले गुमाएको नेपालले दोस्रो सेटमा २५–१७ को जित निकाल्यो। निकै नै रोमाञ्चक खेलको तेस्रो सेटमा पुनः अफगानिस्तानले २५-२३ को जित निकाल्न सफल भयो। अन्तिम सेटमा भने नेपाल बलियो सावित भयो। नेपालले अन्तिम सेटमा आक्रमक बन्दै नेपालले १५-१३ को जित हात पार्न सफल भएको हो।

एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, अफगानिस्तान, किर्गिस्तान, माल्दिभ्स, तुर्क्मििनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: