आश्विन १ गते, २०७६

एसियन भलिबल कन्फेडेरेसन सेन्ट्रल जोन भलिबलका लागि चार टोली नेपालमा

पटक हेरिएको

काठमाडौं । पाँचौं एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल आगामी सोमबारबाट नेपालमा सुरु हुँदैछ। प्रतियोगिताका लागि सहभागि हुने टोली नेपाल आउने क्रम सुरु भएको छ। अफगानस्तान ४ दिनअघि काठमाडौं आइपुग्दा आज बिहान माल्दिभ्स बिहान आइपुगेको छ। यस्तै बंगलादेश, किर्गिस्तान, तुर्किमिनिस्तान काठमाडौ आइपुगेको नेपाल भलिबल संघले जानकारी दिएको छ।

उज्वेकिस्तान भने भोलि विहान साढे ९ बजे काठमाडौं आइपुग्नेछ। लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पाँच दिनसम्म चल्ने प्रतियोगितामा नेपाल फाइनल पुग्ने लक्ष्यमा छ। एसियन भलिबल संघको संयोजनमा नेपालले पहिलो पटक ठूलो अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो।

Loading...

प्रतिकृया लेख्नुहोस्: