भाद्र ३१ गते, २०७६

एसीसी यू–१९ एसिया कपमा नेपालद्धारा यूएईलाई २८६ रनको विशाल लक्ष्य

पटक हेरिएको

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले यूएईलाई २८६ रनको विशाल लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनायो। नेपलले पहिलो ओभरको पहिलो बलमा नै ओपनर रित गौतमलाई गुमाएको थियो। त्यसपछि खेलको चौथो ओभरको पाँचौं बलमा नेपलले पवन सराफलाई दोस्रो विकेटको रुपमा गुमायो। दुवैजनाले रन भने बनाउन सकेनन्।

नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका आसिफ शेख र रोहित कुमार पौडेलले नेपालको इनिङलाई सम्हालेका थिए। १८ ओभर २ बलमा आसिफ ४५ रन बनाउँदै आउट भए। त्यसपछि ३२ ओभर ४ बलमा रोहित कुमार पौडेल ६७ रन बनाउँदै आउट भए। उनले ८४ बलमा ९ चौका र १ छक्काको सयोयोमा यो योगफल तयार पारेका हुन्। रोहितपछि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले ४८ रन बनाएर आउट भए। भिम सार्की भने तीन बल खेल्दै एक रन बनाएर आउट हुन पुगे।

नेपालका लागि राशिद खानले ४४ रन बनाउँदा कमलसिंह ऐरीले ४१ रनको योगदान गरे। कुशल मल्लले २२ रन बनाए। बलिङतर्फ यूएईका लागि सञ्चित शर्मा र आकाश ताहिरले सर्वाधिक तीन–तीन विकेट लिए। त्यस्तै पलनिपल मेयापनले दुई विकेट लिँदा रिशभ मुखर्जीले समान एक–एक विकेट लिए।

Loading...

प्रतिकृया लेख्नुहोस्: