भाद्र ३१ गते, २०७६

सीपीएलमा चम्किए सन्दीप, म्यान अफ दी म्याच घोषित

पटक हेरिएको

काठमाडौं। क्यारेबियन प्रिमियर लिग सीपीएल मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। बारबेडोस ट्राइडेन्टबा खेलिरहेका उनले आजको खेलमा चार ओभर बलिङ गर्दै तीन विकेट लिएर मात्र २२ रन खर्चिए। इनिङ्सको पाँचौ ओभर बलिङ गर्न आएका सन्दीपले उक्त ओभरमा ७ रन दिएर दुई डट् बल फालेका थिए।

सन्दीपले गरेको दोस्रो ओभरमा चार डट् बल फाल्दै ७ रन दिए। त्यसपछिको तेस्रो ओभरमा भने सन्दीपले दुई विकेट लिए। ओभरको पहिलो बलमा विकेट लिएका सन्दीपले अन्तिम बलमा पनि विकेट लिए। आफ्नो चौथो ओभरमा भने सन्दीपले एक विकेट लिँदै पाँच रन खर्चिएका थिए। सन्दीपको सीपीएल करियरमा यो हालसम्मकै उत्कृष्ट बलिङ हो।

Loading...

प्रतिकृया लेख्नुहोस्: