भाद्र ३१ गते, २०७६

भ्यालेन्सियाका प्रशिक्षक मार्सेलिनो बर्खास्त

पटक हेरिएको

एजेन्सी। स्पेनिस क्लब भ्यालेन्सियाले मुख्य प्रशिक्षक मार्सेलिनोलाई बर्खास्त गरेको छ । दुई वर्ष अघि अनुबन्ध गरेका प्रशिक्षक मार्सेलिनोलाई बर्खास्त गरेको हो । क्लबका मालिक पिटरसँग विवाद भएपछि उनलाई बर्खास्त गरिएको हुन सक्ने अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

मार्सेलिनोलाई बर्खास्त गरेसँगै भ्यालेन्सियाले प्रशिक्षकमा रियाल म्याड्रिडका पूर्व प्रशिक्षक अल्वर्ट सेलाडेसलाई क्लबमा अनुबन्ध गरेको छ।

५४ वर्षिय मार्सेलिनोले गत सिजन भ्यालेन्सियालाई ११ वर्षपछि पहिलो उपाधि कोपा डेल रे जिताएका थिए । उनले सेभिया र भिल्लारियलको प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: