कार्तिक ६ गते, २०७६

म्यान्चेस्टर सिटीमाथि नर्विचको शानदार जित

पटक हेरिएको

एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटीमाथि नर्विच सिटीले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा घरेलु टिम नर्विचले म्यान्चेस्टर सिटीलाई ३–२ गोल अन्तरले पराजित गर्न सफल भएको हो । नर्विचको जितमा केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुक्कीले गोल गरे । यता, म्यान्चेस्टर सिटीका लागि भने सर्जियो अगुइरो र रोड्रिगोले गोल गरे ।

खेलको १८औं मिनेटमा म्याकलिनले गोल गर्दै नर्विच सिटीलाई अग्रता दिलाउन सफल भए । खेलको २८औं मिनेटमा क्यान्टवेलले गोल गरेपछि म्यान्चेस्टर सिटी विरुद्ध नर्विच सिटी २–० गोलले अघि रह्यो । खेलको ४५ औं मिनेटमा अगुइरोले गोल गरे पछि म्यान्चेस्टर सिटी पहिलो हाफमा २–१ गोलले पछि परेको थियो ।

खेलको ५० औं मिनेटमा पुक्कीले अर्को गोल थप्न सफल भयो । यो सँगै नर्विच सिटी म्यान्चेस्टर सिटीविरुद्ध ३–१ गोलले अघि रहेको थियो । खेलको ८८औं मिनेटमा रोड्रिगोले गोल गर्दै म्यान्चेस्टर सिटीलाई ३–२ गोलको स्थितिमा पुर्‍याए पनि जित दिलाउन सकेनन् ।

जारी लिगमा सिटीको यो सिजनको पहिलो हार हो । दोस्रो स्थानको सिटीले ५ खेलबाट १० अंक जोडेको छ । नर्विचको यो दोस्रो जित हो । नर्विचको ५ खेलबाट ६ अंक रहेको छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: