कार्तिक ६ गते, २०७६

बार्सिलोनाले भ्यालेन्सीयालाई ५–२ गोल अन्तरले पराजित

पटक हेरिएको

एजेन्सी । लुईस स्वारेजले दुई गोल गर्दा बार्सिलोनाले स्पेनिस ला लिगामा प्रभावशाली जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सीयालाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलको दोस्रो मिनेटमा नै अन्सु फातीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको सातौँ मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । यता भ्यालेन्सीयाका लागि खेलको २७ औँ मिनेटमा केभिन जेमेरियोले गोल गर्दै पाहुना टोलीलाई बराबरी गर्ने अवसर प्रदान गरे ।

बार्सिलोनाका लागि खेलको ५१ औँ मिनेटमा जेरार्ड पिकेले गोल गर्दै घरेलु टोलीलाई ३–१ गोलको अग्रता दिलाए । खेलको ६० औँ मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका स्वारेजले दुई गोल गरे । मैदान छिरेको एक मिनेट पछि नै स्वारेजले एक गोल गरे । स्वारेजले खेलको ८२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई प्रभावशाली जित नजिक पुगाए । खेलको इन्जुरी समयमा भ्यालेन्सीयाका गोमेज गोन्जालेजले एक गोल गरेपनि जित भने दिलाउन सकेनन् ।

जितसँगै बार्सिलोनाले चार खेलबाट ७ अंक सहित तालिकाको चौथो स्थानमा छ । पराजित भ्यालेन्सीया ४ अंक सहित तालिकाको १४ औँ स्थानमा छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: