आश्विन २९ गते, २०७६

नेपाली युवा क्रिकेटर सन्दिप रहेको टिम सिपिएलमा आज जमैकासँग खेल्दै

पटक हेरिएको

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध बारबेडोस ट्राइडेन्ट क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा आज जमैका तलवाहसँग खेल्दैछ । तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेको बारबेडोस जमैका तलवाहविरुद्ध खेल्न लागेको हो । नेपाली समयअनुसार खेल बेलुका १०ः४५ बजे सविना पार्कमा सुरु हुनेछ ।

यसअघिको सेन्ट किट्सविरुद्धको खेलमा बारबेडोसलाई विजय बनाउन उत्कृष्ट बलिङसहित म्यान अफ द म्याच भएका सन्दीपले ३ विकेट लिएका छन् । पहिलो खेलमा उनले १ ओभरमा मात्र बलिङ गरेका थिए । सेन्ट किट्समाथि १८ रनको जित निकाल्न उत्कृष्ट प्रदर्शन गरेकाले सन्दीप आज टोलीमा पर्ने निश्चित छ ।

बारबेडोस २ खेलमध्ये एक खेलमा विजय भएको छ । एकमा पराजित छ । २ अंक जोडेको बारबेडोस चौथो स्थानमा छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: