आश्विन २९ गते, २०७६

सेभिल्लाले अल्भेसमाथि १–० को रोमान्चक जित

पटक हेरिएको

काठमाडौं । जोन जोर्डनको निर्णायक गोलमा सेभिल्लाले स्पेनिस ला लिगा फुटबलमा अल्भेसलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा जोनले निर्णायक गोल गरेपछि सेभिल्लाले अल्भेसमाथि १–० को रोमान्चक जित निकालेको हो ।

घरेलु मैदानमा सम्हालिएको प्रदर्शन गरेपनि अल्भेस ३७ औं मिनेटमा गोलको शिकार भएको थियो । सेभिल्लाका लागि जोनले फ्रिकिकमार्फत गोल गरेका थिए ।

दोस्रो हाफमा पुनरागमनको प्रयास गरेपनि सफल नहुँदा सेभिल्ला १–० ले विजय भएको हो । जितसँगै सेभिल्ला ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । ४ खेलमध्ये ३ मा जित निकालेको सेभिल्लाको १० अंक छ । एट्लेटिको मड्रिड ९ अंकसहित दोस्रो स्थानमा छ । पराजित अल्भेस ११ औं स्थानमा छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: