आश्विन २९ गते, २०७६

रियल बेटिस र गेटाफे २ खेल बराबरीमा सकियो

पटक हेरिएको

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराती भएका २ खेल बराबरीमा सकिएका छन् । रियल बेटिस र गेटाफेबीचको खेल बराबरीमा सकिँदा भल्लाडोलिड र ओसासुनाले पनि बराबरी खेलेका छन् । बेटिसको मैदानमा जइमी माटाको पेनाल्टी गोलमार्फत अग्रता लिएको गेटाफे दोस्रो हाफमा गोलको शिकार भएको थियो ।

२५ औं मिनेटमा विलियम रातो कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा सीमित बेटिसले ७३ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएको थियो । दुबै गोल पेनाल्टीमार्फत भएको खेलमा बेटिस ९ खेलाडीमा सीमित भएको थियो । बेटिसका लोरेन्जो इन्जुरी समयमा रातो कार्डको सामना गर्दै बाहिरिएका थिए ।

बराबरीपछि अंक बाँडेको बेटिस १५ औं स्थानमा रहँदा गेटाफे १८ औं स्थानमा छ । यस्तै भल्लाडोलिड र ओसासुनाले पनि १–१ को बराबरीमा खेलेका छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: