आश्विन २९ गते, २०७६

एशियन टेवलटेनिस च्याम्पियनसिपमा तुर्किस्तानमाथि नेपालको जित

पटक हेरिएको

काठमाडौं । ईन्डोनेसियामा जारी २४ औं एशियन टेवलटेनिस च्याम्पियनसिपमा नेपाली पुरुष टिमले जित निकालेको छ । टिम व्यवस्थापक तथा प्रशिक्षक धर्ममान बज्राचार्यले जनाए अनुसार नेपाली टिमले तुर्किस्तानमाथि ३ –१ को जित निकालेको हो । जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका छन् ।

अमरलाल लाल मल्ल भने पराजित भएका थिए । मेन्स टिम ईभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाईल्याण्डसँग ३ – ० ले पराजित भएको छ । यस्तै महिला टिम ईभेन्ट्समा पनि नेपाल पराजित भएको छ । नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवालको टोली मकाउ र ईरानसँग ३ – ० ले नै पराजित भएको प्रशिक्षक बज्राचार्यले जानकारी दिए ।

Loading...

प्रतिकृया लेख्नुहोस्: