आश्विन २९ गते, २०७६

फुटभलि च्याम्पियनसिपमा सहभागि हुन नेपाल टिम थाइल्याण्ड प्रस्थान

पटक हेरिएको

काठमाडौं । विश्व फुटभली संघको निमन्त्रणमा थाईल्याण्डमा आयोजना हुने वल्र्ड फुटभलि च्याम्पियनसिपमा सहभागि हुन नेपाली फुटभलि टिम थाईल्याण्ड प्रस्थान गरेको छ । बिच भलिबलझै बालुवामा हातको प्रयोग विना खुट्टाको माध्यमबाट खेलिने फुटभलि च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोली आज थाइल्याण्ड प्रस्थान गरेको हो ।

प्रतियोगिता असोज १ देखि ४ गते सम्म चल्नेछ । चार सदस्यीय टोलीलाई नेपाल फुटभलि संघका अध्यक्ष मनिष जोशी तथा टोखा वडा नं। २ का अध्यक्ष दीपकराज जोशीले आज विदाई गरे । टिम व्यवस्थापकमा हरि महर्जन, टिम प्रशिक्षकमा निरञ्जन डङ्गोल र खेलाडी द्वयमा बुद्ध महर्जन र कुमार लवट छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: