आश्विन २९ गते, २०७६

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

पटक हेरिएको

 एजेन्सी। च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानमाथि जित हात पारेको छ। बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा दुवै गोल लुइस स्वारेज गरे। इन्टरका लागि लाउटारो मार्टिनेजले एक गोल गरे। सुरुवाती अग्रता भने इन्टरले लिएको थियो।

खेलको तेस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म इन्टरले अग्रता लिएको थियो । तर, दोस्रो हाफमा स्वारेज चम्किए।

खेलको ५८ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई बरबरीमा ल्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।

जितसँगै समूह ‘एफ’ को बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट १ अंक जोडेको इन्टर तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै समूहकै अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले चेक रिपब्लिकको क्लब स्लाभिया प्राग्वेलाई २-० ले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ । स्लाभिया प्राग्वे भने १ अंक जोडेर पुछारमा छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: