आश्विन २९ गते, २०७६

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजको उपाधि जिम्बावेलाई

पटक हेरिएको

एजेन्सी । नेपाल र सिंगापुरसँगको त्रिकोणात्मक टी(ट्वान्टी क्रिकेट सिरिजको उपाधि जिम्बावेले जितेको छ । इन्डियन एसोसियसनको मैदानमा बिहिबार राति भएको खेलमा जिम्बावेले घरेलु टोली सिंगापुरलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

सिंगापुरले दिएको १६८ रनको लक्ष्य जिम्बावेले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । जिम्बावेका लागि पिटर मुरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै टोनी मुन्योगाले ४४ रन बनाए । सिंगापुरका टिम डेविड र जनक प्रकाशले समान १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्ररन चन्द्रमोहनले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । टिम डेभिडले ४७ रन बनाए । जिम्बावेका डेनील जिकेलले २ विकेट लिए ।

जितसँगै जिम्बावेले ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थान हासिल गर्दै उपाधी कब्जा गरेको हो । सिरिजमा ३ अंक जोडेको नेपाल दोस्रो भयो । आयोजक सिंगापुर ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

Loading...

प्रतिकृया लेख्नुहोस्: