आश्विन २९ गते, २०७६

बराबरीमै रोकियो युनाईटेड

पटक हेरिएको

एजेन्सी । युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यानचेष्टर युनाईटेड डच क्लब अलकमार जानस्ट्रिकसंग बराबरीमै रोकिएको छ । बिहीबार राति भएको खेलमा युनाईटेडले घरेलु टोली अलकमारसंग गोल रहित बराबरी खेलेको हो ।

खेलभर युनाइटेडले कुनैपन समय गतिलो आक्रमण बुन्न सकेन । घरेलु टोली अलकमारले राम्रो प्रर्दशन गरेको थियो । तर फरवार्ड मायरोन बोआडुको गोललाई रेफ्रीले अफसाईड दिएपछि घरेलु टोली अग्रता लिनबाट चुकेको थियो ।

बैकल्पिक खेलाडी लिङगार्ड चोट बोक्दै मैदान छाडेपछि युनाईटेडले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो । युनाईटेड पछिल्ला चार खेलमा जित निकाल्न असफल छ।

बराबरीको नतिजासंगै युनाईटेड २ खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । अलकमार २ अंक सहित तालिकाको तेस्रो स्थानमा छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: