आश्विन २९ गते, २०७६

ओमानमा नेपाली क्रिकेट टोलीको अभ्यास

पटक हेरिएको

काठमाडौं । ओमानमा शनिबारदेखि नेपालसहित पाँच राष्ट्र सम्मिलित ट्वेन्टी–२० क्रिकेट शृंखला सुरु हुँदैछ। आयोजक ओमान र नेपाल सहित आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सबीच शृंखला हुन लागेको हो।

उद्घाटन खेलमा शनिबार ओमान र हङकङ खेल्दैछन् । नेपालले पहिलो खेलमा आइतबार हङकङसित खेल्नेछ। लगत्तै सोमबार दोस्रो खेल नेदरल्यान्ड्ससित खेल्ने नेपालले विजयादशमीको दिन भने खेल्ने तालिका छैन।

नेपालले बुधबार आयरल्यान्डसित र अन्तिम खेल बिहीबार ओमानसित खेल्नेछ। सिंगापुरमा त्रिकोणात्मक टी–२० शृंखला सकाएर बिहीबार राति ओमान पुगेको नेपालले शुक्रबार अन्तिम अभ्यास गरेको छ।

खेलाडीहरुले उत्साहपूर्वक अभ्यास गरेको टिम म्यानेजर रमन शिवाकोटीले जनाएका छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: