कार्तिक २५ गते, २०७६

दोस्रो जित निकाल्ने योजनामा बार्सिलोना

पटक हेरिएको

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (बुधबार) समूह चरणको तेस्रो खेलमा चेक रिपब्लिकको क्लब शाल्भिया पाराहसँग प्रतिस्पर्धा गर्दैछ। दुबै टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ। पाराहको घरेलु मैदानमा उत्रँदा बार्सिलोना लगातार दोस्रो जितको खोजिमा हुनेछ।

यता पाराह लिगमा पहिलो जितको खोजिमा हुनेछ। पाराहले यसअघिको दुबै खेल मध्य एक खेलमा जित र एक खेलमा बराबरी निकालेको छ। बार्सिलोना दुई खेलबाट चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। भने पाराह एक अंक सहित तालिकाको पुछारमा छ। यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमण्ड र इन्टर मिलानले प्रतिस्पर्धा गर्दैछन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: