मंसिर ४ गते, २०७६

विनोदको अर्धशतकमा एमसीसीविरुद्ध नेपालको जित

पटक हेरिएको

काठमाडौं । विनोद भण्डारीको अर्धशतकमा नेपाल भ्रमणमा रहेको विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले जित हासिल गरेको छ। सोमबार भएको खेलमा नेपालले एमसीसीलाई पाँच विकेटले पराजित गरेको हो। त्रिवि क्रिकेट मैदानमा एमसीसीले दिएको २०२ रनको लक्ष्य नेपालले ३७ ओभर ३ बलमा ५ विकेट गुमाउदै २०५ रन पूरा गरेको हो।

नेपालका लागि ओभनरमा आएका इशान पाण्डेले ४ रन बनाएर आउट भए भने ज्ञानेन्द्र मल्लले १० रन बनाएर आउट भए। त्यस्तै तेस्रो विकेटको लागि शरद भेशवाकर र दिपेन्द्र ऐरीले ४७ रनको साझेदारी गरेका थिए। शरद भेषवाकरले २४ रन बनाएर नेपालका लागि तेस्रो विकेटको रुपमा आउट भए भने २३ रन बनाएका दिपेन्द्र ऐरी चौथो विकेटका रुपमा आउट भएका थिए।

नेपालले पाँचौ विकेटका रुपमा आरिफ शेखलाई गुमायो। उनले २३ रन बनाउँदै आउट भएका हुन्। त्यसपछि नेपालको इनिङ विनोद भण्डारी र पवन शरार्फले सम्हाले। विनोद भण्डारीले नेपालका लागि उत्कृष्ट पारी खेले। विनोदले नेपालका लागि ५२ रनको अर्धशतकीय पारी खेले। पवन शरार्फले ३८ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीका लागि ओपनरमा आएका ब्याट्म्यान विल्ली गोडलम्यानले ५२ रनको अर्धशतकीय पारी खेल्दै आउट भएका थिए। उनलाई नेपालका पवन शरार्फले पहिलो विकेटका रुपमा आउट गराएका थिए। एमसीसीले आफ्नो दोस्रो विकेटको रुपमा टोम विस्ली १० रनमा आउट भएका थिए। उनलाई ललित राजबंशीले बोल्ड आउट गराएका थिए।

त्यसपछि एमसीसीका लागि ओपनरमा आएका विल रोर्डस ५४ रनको अर्धशतकीय पारी खेल्दै आउट भए। उनलाई ललितले क्याच आउट गराएका थिए। एमसीसीले आफ्नो चौथो विकेटका रुपमा विल भेन्डेस्पर ३६ रनमा गुमायो। उनलाई अविनास बोहोराले बोल्ड आउट गराएका थिए। माइल्स हाल्डम्स एमसीसीको पाँचौ विकटको रुपमा आउट भए। उनलाई ललितले बोल्ड आउट गराएका थिए।

जिम्मी आड्सम एमसीसीका लागि रन नबनाउँदै आउट भए। उनलाई पवन सरार्फले बोल्ड आउट गराएका थिए। त्यस्तै सातौँ नम्बरमा एमसीसीका लागि ब्याटिङ गर्न आएका क्यालम ज्याक्सन ११ रन बनाएर आउट भए। उनलाई ललितले आफ्नो चौथो विकेटका रुपमा क्याच आउट गराएका थिए। एमसीसीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका आलेक्स थोमसनलाई पवन शरार्फले ११ रनमा आउट गराएका थिए। पवनले क्रिस राइडलाई रन नबनाएर आउट गराए। त्यसपछि अन्तिम विकेटको रुपमा आउट गराए।

Loading...

प्रतिकृया लेख्नुहोस्: