मंसिर ४ गते, २०७६

सन विरुद्धको रातो कार्डमा टोटनह्यामको अपिल

पटक हेरिएको

एजेन्सी । इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार भएको एभर्टनविरुद्धको खेलमा रातो कार्ड पाएका आफ्ना फरवार्ड सन ह्युङ मिनलाई बचाउ गर्दै टोटनह्यामले अपिल गरेको छ।

टोटनह्यामले प्रिमियर लिग फुटबलमा आइतबार राति एभर्टनसँग १–१ गोलको बराबरी खेलेको थियो। खेलमा सन ह्युङ मिनले एभर्टनका आन्द्रे गोमेजलाई खराव ट्याकल गर्न पुग्दा गोमेजको खुट्टा भाँचिएको थियो।

योसँगै सनले रातो कार्ड खाएका थिए। खुट्टा भाँचिएसंगै गोमेजको सोमबारनै शल्यक्रिया पनि गरिएको छ।

गोमेजलाई घाइते बनाउने कुनै मनसाय नभएको भन्दै सन ह्युङ मिनले पाएको रातो कार्डविरुद्ध टोटनह्यामले अपिल गरेको हो। यदि यो अपिल खारेज भएमा प्रिमियर लिगको आगामी तीन खेल गुमाउने छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: