मंसिर ४ गते, २०७६

अरुणाको कप्तानीमा नेपाली महिला भलिबल टोली घोषणा

पटक हेरिएको

काठमाडौं । बंगलादेशमा यसै साता सुरु हुने प्रथम एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल भलिबल संघले थाइल्यान्ड भ्रमणमा फर्किएको भोलिपल्टै आज अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

टोलीमा कप्तान अरुणासँगै सरस्वती चौधरी, प्रतिभा माली, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन्।

उषा भण्डारी, संगम महतो, शान्ति तामाङ, आरती सुवेदी, शान्ति थारु र हीरा केसी भने टोलीमा अटाउन सकेनन्। भलिबल संघले मंसिरमा घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को लागि भने टोली फेरबदल हुनसक्ने बताएको छ।

१२ सदस्यीय नेपाली टोलीे बिहीबार बंगलादेश प्रस्थान गर्नेछ। सेन्ट्रल जोन भलिबल शुक्रबार सुरु हुँदैछ। सेन्ट्रलजोन भलिबलपछि नेपालले घरेलु मैदानमा साग खेल्नेछ।

Loading...

प्रतिकृया लेख्नुहोस्: