मंसिर ४ गते, २०७६

एसियन छनोटको कुवेतविरुद्धको खेल नेपालले घरेलु मैदानमा खेल्न नपाउने

पटक हेरिएको

काठमाडौं । कतारमा २०२० मा आयोजना हुने फिफा विश्वकप अन्तगर्त एसियन छनोटको कुवेतविरुद्धको खेल नेपालले घरेलु मैदानमा खेल्न नपाउने भएको छ। एकमात्र अन्तर्राष्ट्रिय खेलमैदान दशरथ रंगशाला निमार्णधिन भएको अवस्थामा नेपालले छनोट खेल घरेलु मैदानमा खेल्न नपाउने भएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विज्ञप्ति जारी गर्दै अर्को विकल्पका रुपमा भुटानमा खेल खेलाउनेबारे फिफा र एएफसीलाई प्रस्ताव गरेको बताएको छ। निमार्णधिन अवस्थामा रहेको रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार नभएको अवस्थामा खेल अन्तै सार्न एएफसीले निर्देशन दिएपछि एन्फाले अर्को विकल्प अघि सारेको हो।

केहीदिनअघि एएफसीका प्रतिनिधी देङ सिओ लोङसहितको टोलीले रंगशालाको निरीक्षण गरेको थियो। निरीक्षणपछि एएफसीले एन्फालाई खेल सार्न निर्देशन दिएको हो। कुवेतविरुद्धको खेल मंसिर ३ गते हुनेछ। नेपालले यसअघि अवे खेलमा कुवेतसँग ७-० को हार व्यहोरेको थियो। चाइनिज ताइपेइमाथि २-० को जित निकालेको नेपालले अस्ट्रेलियासँग ५-० तथा जोर्डनसँग ३-० ले पराजय भोगेको थियो।

Loading...

प्रतिकृया लेख्नुहोस्: