मंसिर ४ गते, २०७६

एएफसी यू–१९ छनोट प्रतियोगितामा आज नेपालले इरानसँग प्रतिष्पर्धा गर्दै

पटक हेरिएको

काठमाडौं । एएफसी यू–१९ छनोट प्रतियोगितामा आज नेपालले इरानसँग प्रतिष्पर्धा गर्दैछ। इरानमा जारी प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोलीसँग खेल्न लागेको हो।

तेहरानमा हुने खेल नेपाली समय अनुसार साँझ आठ बजे हुनेछ। पहिलो खेलमा युएईसँग ४–० को भारी अन्तरले पराजित भएको नेपाललाइ छनोट हुने सम्भावना कायम राख्नका लागि बाँकी दुई खेल जित्नै पर्नेछ।

इरानले भने पहिलो खेलमा किर्गिज गणतन्त्रलाई ३–० ले हराएको थियो। छनोट प्रतियोगिताको सबै समूहमा चार–चार टिम छन् र समूहको शीर्ष टोलीले समूह चरणमा स्थान बनाउनेछन्। दोस्रो स्थानका उत्कृष्ट पाँच टिम पनि समूह चरणमा पुग्नेछन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: