मंसिर २० गते, २०७६

पोर्चुगलको जितमा रोनाल्डोको ह्याट्रिक

पटक हेरिएको

एजेन्सी । पोर्चुगलले युरो छनोटमा लिथुनियामाथि ६–० गोलको फराकिलो जित निकालेको छ। कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पोर्चुगलले सहज जित हात पार्न सफल भएको हो। बिहिबार राति घरेलु मैदानमा भएको खेलमा सहज जित निकाल्दै पोर्चुगलले युरोपा छनोटमा आफूलाई बलियो बनाएको हो।

पोर्चुगलले खेलको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत् गरेको गोलबाट सुरुआती अग्रता दिलाए। खेलको २२ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे। एफोन्सो फर्नान्डेसले ५२ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई ३–० को अग्रता दिलाए ।

खेलको ५२ औँ मिनेटमा मेन्डेस पेसेन्सियाले पोर्चुगलाका लागि चौथो गोल गरे । बर्नार्डो सिल्भाले ६३ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई जिततर्फ लगे । खेलको ६५ औँ मिनेटमा रोनाल्डोले आफ्नो ह्याट्रिक पूरा गरे । पोर्चुगल सात खेलबाट १४ अंक सहित समूह ‘बी’को दोस्रो स्थानमा छ । लिथुनिया ४ अंक सहित चौथो स्थानमा छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: