मंसिर २० गते, २०७६

वेष्ट इण्डिजमाथि अफगानिस्तानको शानदार जित, करिमले लिए ५ विकेट

पटक हेरिएको

एजेन्सी । वेष्ट इण्डिजविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा अफगानिस्तान विजयी भएको छ। शनिबार राति भएको खेलमा अफगानिस्तानले वेष्ट इण्डिजलाई ४१ रनले हराएको हो। यो जितसँगै अफगानिस्तानले ३ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ। बिहिबार भएको पहिलो खेलमा वेष्ट इण्डिजले अफगानिस्तानलाई ३० रनले हराएको थियो।

लखनउमा अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन मात्र बनाउन सक्यो। वेष्ट इण्डिजका दिनेश रामदिनले अविजित २४ तथा इभेन लेविसले १४ रन बनाए। ज्यासन होल्डरले १३ रन जोड्दा ब्राण्डन किङले १२ रन जोडे। वेष्ट इण्डिजलाई कम स्कोरमा रोक्न करिम जनतले ११ रन खर्चेर ५ विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। अफगानिस्तानका लागि हजरातउलाल्ह जाजई र करिम जनतले समान २६–२६ रन जोडे। गुल्बदीन नाइबले २४ तथा नाजिबउल्लाह जाड्रानले अविजित २० रन बनाए। वेष्ट इण्डिजका केस्रिक विलियम्सले ३ विकेट लिए। यस्तै किमो पाउल र जेसन होल्डरले २–२ विकेट लिए।

Loading...

प्रतिकृया लेख्नुहोस्: