गल्फमा नेपाललाई ऐतिहासिक दुई स्वर्ण - Nepal Talk
आश्विन १२ गते, २०७७

गल्फमा नेपाललाई ऐतिहासिक दुई स्वर्ण

पटक हेरिएको

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष व्यक्तिगत गल्फतर्फ नेपालका सुवास तामाङले स्वर्ण पदक जितेका छन् । गोकर्ण गल्फ कोर्समा शुक्रबार बंगलादेशका खेलाडीलाई पराजित गर्दा सुवास तामाङले नेपालाई स्वर्ण पदक दिलाएका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो।

सुवासले कुल १४ अन्डर २ सय ७४ स्कोर कार्ड बनाए भने बंगलादेशका मोहम्मद फरहादले ६ अन्डर २ सय ८२ मा सिमित रहे । सुवास व्यक्तिगतसँगै टिम इभेन्टतर्फ पनि स्वर्ण पदकमाथि कब्जा जमाउन सफल भए। टिम इभेन्टमा नेपालबाट सुवाससहित शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ रहेका छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: