मनाङ र मछिन्द्रबीच शीर्षस्थानको लडाईं, लिगमा दुई खेल - Nepal Talk
जेष्ठ २३ गते, २०७७

मनाङ र मछिन्द्रबीच शीर्षस्थानको लडाईं, लिगमा दुई खेल

पटक हेरिएको

काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलको गत बिहीबार पाँचौ चरण सकियो । शुक्रबार एक दिन रेस्टपछि आज(शनिबार) बाट छौटौं चरणका खेलहरु हुने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा आज दुई खेल हुनेछन् ।

आजको पहिलो खेलमा जावलाखेल युथ क्लबले मछिन्द्रका सामना गर्ने छ । मध्यान्ह १२ बजेदेखि शुरु हुने उक्त खेल आजसम्मका अपराजित टोलीको खेल हो । आजको खेलमा मछिन्द्र विजयी भए १३ अंकका साथ शीर्ष स्थानमा उक्लने छ भने जावलाखेल विजयी भए तालिकाको दोस्रो स्थानमा पुग्ने छ ।

बिहीबार मनाङसँगको खेलपछि रंगशालामा भएको विवादका कारण मछिन्द्रका तीन खेलाडी कारबाहीमा परेका छन् । क्लबले तीन खेलाडी गुमाएका कारण केही असहज हुने देखिन्छ । मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल कारबाहीमा परेका हुन् ।

त्यस्तै, दोस्रो खेलमा दिउँसो ३ बजे हुनेछ । ३ बजेको खेलमा दोस्रो स्थानको मनाङ मस्र्याङ्दी र हिमालयन शेर्पा भिड्ने छन् । आजको खेलमा मनाङ विजयी भए शीर्ष स्थानमा पुग्ने छ । हालको अंक तालिकामा मनाङ र मछिन्द्रको क्रमश ११ र १० अंक रहेको छ । उता शेर्पा भने पहिलो जित निकाने दाउमा रहेको छ।

मनाङका पनि तीन मुख्य खेलाडी अनुशासनको कारबाहीमा परेका छन् । जगजीत श्रेष्ठ र अशोक बराल दुवैले शनिबारको सहित पाँच खेल गुमाउँदा रञ्जन विष्टले पनि २ खेल गुमाउने छन् ।

पाँचौं चरणको समाप्तिसँगै विभागीय क्लब त्रिभुवन आर्मी शीर्ष स्थानमा छ । चार खेलमा जित र एक खेलमा पराजित भएको आर्मी १२ अंकसहित शीर्ष स्थानमा छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: