प्रदेशस्तरीय पुरुष भलिबल आजदेखि शुरु - Nepal Talk
जेष्ठ १६ गते, २०७७

प्रदेशस्तरीय पुरुष भलिबल आजदेखि शुरु

पटक हेरिएको

काठमाडौं । जिल्लाकै ठूलो धन राशिको पुरस्कार भएको ‘प्रथम भदौरे गणेश कप’ पुरुष भलिबल प्रतियोगिता सिन्धुपाल्चोकको सानो सिरुबारीमा आजदेखि शुरु भएको छ । भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग पु¥याउने उद्देश्य राखी काठमाडौँ र रसुवा बाहेक ११ जिल्लाका ११ टिमले भाग लिएको प्रतियोगितामा प्रथम हुने टिमलाई रु २ लाख २ हजार २० र दोस्रो हुने टिमलाई रु १ लाख १ हजार १० प्रदान गरिनेछ।

प्रतियोगिताको फाइनल माघ १ गते हुने आयोजक भदौरे गणेश सामाजिक संस्थाका अध्यक्ष रविन गौतमले जानकारी दिए । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिंह तमाङले शुभारम्भ गरेको पहिलो दिन तीन टिमले भाग लिएका छन् । जस  अनुसार आज भएको खेलमा मकवानपुरले भक्तपुर र चितवनले सिन्धुलीलाई सोझो सेटमा पराजित गरी विजयी भएका छन् ।

त्यसैगरी दोलखा र ललितपुरबीच भएको खेलमा ललितपुरले दोलखालाई सोझो सेटमा पराजित गरेको छ । आजको खेलमा मकवानपुरका बलराम सुवेदी, चितवनका ओमबहादुर कार्की र ललितपुरका सुनिल विक म्यान अफ द म्याच घोषित भएका छन् । आइतबारदेखि खेल दोलखा र ललितपुर, सिन्धुपाल्चोक र मकवानपुर, रामेछाप र नुवाकोट, चितवन र काभ्रे, दोलखा र धादिङ तथा भक्तपुर र सिन्धुपाल्चोकका बीच पाँच खेल हुने आयोजकले जनाएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: