एनआरटीको तेस्रो जितमा दर्शनको एक गोल - Nepal Talk
आषाढ़ २९ गते, २०७७

एनआरटीको तेस्रो जितमा दर्शनको एक गोल

पटक हेरिएको

काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पुलिस क्लब पराजित भएको छ । न्यूरोड टिम एनआरटीसँगको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले १–० को गोलान्तरको हार व्योहोरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार अपह्रान्न भएको खेलमा एनआरटीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे ।

पाहिलो हाफमा गोल नलागेपछि दुुवै टिमको नतिजन गोलरहिब बराबरीको थियो । तर खेलको ७६ औं मिनेटमा दर्शनले गोल गरे । डिबक्स भित्रबाटै उनको कडा प्रहार सिधै गोल भएपछि एनआरटी विजयको पथमा लम्किएको थियो ।

जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । लिगमा एनआरटीको यो तेस्रो जित हो । एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ । पुलिसको यो दोस्रो हार हो । पुलिस ६ खेलमा ८ अंक सातौं स्थानमा उक्लिएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: