फाल्गुन ७ गते, २०७६

मनाङ र थ्रीस्टार बराबरी

पटक हेरिएको

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा साविकको विजेता मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले बराबरी खेलेका छन् । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले थ्री स्टारसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १९ औँ मिनेटमा भारतीय लाल रम्मावियाले फ्रि किक गोल गर्दै थ्री स्टारलाई पहिलो हाफसम्म अग्रता दिलाएका थिए । तर ४९ औँ मिनेटमा मनाङका लागि अन्जन विष्टले पेनाल्टी मार्फत बराबरी गोल फर्काए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६७ औँ मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–१ गोलको अग्रता दिलाए । यस्तै, ८४ औँ मिनेटमा लालले नैव्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारको लागि अंक खोस्न सफल भए।

बराबरीसँगै मनाङ ७ खेलबाट १३ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ। यसको प्रत्यक्ष फाइदा भने नेपाल आर्मीलाई भएको छ । उसले अब हुने खेल जितेमा लिग लिडर मात्र हुने छैन, सातौं राउण्डमा ३ अंकको अग्रता बनाउनेछ। थ्रीस्टार भने ११ अंकसहित चौथो स्थानमा छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: