आश्विन २९ गते, २०७६

कवि श्याम रोक्काको मन छुने प्रेमिल कविता – ‘भावीले यही सम्म लेखेर हो’

पटक हेरिएको

आँसु झर्छ त केवल

मन दुखेर भन्छन्

म रोएको त

मन दुखेर हो,

तिमी रोएकी

कुन्नि के दुखेर हो,

जति रेट्यो सारङ्गी

त्यत्ति घायल

हुन्छ धुन,

आँसु झर्छ

त केवल

दिल जलेर भन्छन्,

तिम्रो आँसु

झरेको कुन्नि

के जलेर हो,

म भेट्न नआएको त

बाटैमा रुख ढलेर,

तिमी नआएकी

कुन्नि के ढलेर हो,

सबै भन्छन्

भेट नभएको

माया बलेर,

अझै भेट नभएको

कुन्नि के बलेर हो,

मैले छाडेको त

तिमीले भुलेर हो

तिमीले छाडेकी

मलाई भुलेर हो,

सबै भन्छन्

म गरीब त

मन बाढेर,

तिमी कुन्नि,

के बाढेर हो,

जति च्यात्यो मुटु

त्यत्ति धैरै टुक्रा

मैले च्यातेको त

मुटु भाग पुराउन हो,

तिम्ले कुन्नि के पुराउन हो,

सबै भन्छन्

सच्चा प्रेमी पागल,

म पागल त

माया गरेर हो,

तिमी पागल,

कुन्नि के गरेर हो,

तिमी हिड्ने

बाटै अकै

हुन्छ अचेल,

मैले खोली तरेको त,

घाट देखेर हो,

तिमी तरेकी

के देखेर हो,

म यही उभिएको

भावीले यही सम्म लेखेर हो,

तिमी उभिएकी

के लेखेर हो !

Loading...

प्रतिकृया लेख्नुहोस्: