श्रावण ८ गते, २०७६

५० वर्षको सुख-दुःख : प्रचण्ड-सीताको मायाप्रेम

पटक हेरिएको

मनिसको जीवन, कैयन उकाली ओरालीको सम्मिश्रण। संघर्ष, दुःख, कष्ट, सुख, हाँसो, रोदन- यसैको नाम हो जीवन हो। जीवनका यी कुइनेटोहरुमा सहयात्रा गर्नेको काँध पाइयो भने, आँट र भरोसा पाइयो भने जस्तोसुकै कठिनाई पनि सहज ढङ्गले पार गर्न सकिन्छ। एउटा ढाडस र आँट, एउटा माया र भरोसा। यो पनि जीवनकै अर्को पाटो हो।

कमरेड प्रचण्ड अर्थात् पुष्पकमल दाहाल, कमरेड प्रचण्ड अर्थात् एउटा गति र वेग। एउटा ऊर्जा, एउटा विचार। जीवनका कैयन उतारचढाव भोगे उनले। सुखका क्षण, दुखका क्षण। तर यी सबै कालखण्डमा उनीसँग अविछिन्नरुपमा उभिईन् पत्नी सीता दाहाल। एउटा बलियो सहारा बनेर। ती सुखका दिन होउन या दुखका।

मृत्युसँग पौंठेजोरी खेल्दै जनसमरमा हुईंकिदाका दिन होउन् या सिँगो देशको भविष्यको बागडोर आफ्नो हातमा लिएर बालुवाटारमा बासका दिन किन नहोउन, माया, आँट र भरोसाको प्रतिमूर्ति बनेर उभिईन् सीता दाहाल। त्यो पनि एक वर्ष, दुई वर्ष पाँच या दश वर्ष होइन, पुरै पचास वर्ष। आधा शताब्दी। उही गतिमा, उही माया र विश्वासमा पचास वर्ष सँगै बिताउनु एउटा संयोग नै मान्नुपर्छ।

२०३५ सालदेखि भने प्रचण्डको बेगवान जीवनको शुरुआत भयो र सँगसँगै पत्नी सीता दाहालका लागि ठूलो परीक्षाको समय शुरु भयो। तत्कालिन विश्व राजनीतिमा उदयमान चिनियाँ र रुसी विचारधारामध्ये चीनको नयाँ जनवादी क्रान्तिलाई आदर्श मान्ने नेकपा चौथो महाधिवेशनसँग जोडिए प्रचण्ड।

सामाजिक रुपमा प्रचण्ड लाखौं नेपालीका ढुकढुकी हुन्। लाखौं मुक्तिकामी जनताको भरोसाका केन्द्र। यस्तो लाग्थ्यो, मानौं उनको कुनै नीजि जीवन छैन। न उनीसँग कुनै क्षण छ आफ्ना लागि बाँच्ने। तर उनको यही गतिमा सम्मिश्रित हुँदै आईन् सीता दाहाल। सधैं सधैं सँगै।
बिक्रम सम्बत २०११ सालको मंसिर २६ गते बुवा मुक्तिराम दाहाल र भवानी दाहालको जेठो छोराका रुपमा जन्मिए प्रचण्ड। छविलाल भनेर बाल्यकालमा चिनिने प्रचण्डको परिवार २०१९ सालमा चितवनमा बसाई सर्यो। त्यहीं उनको बाल्यकाल बित्यो।

एउटा सामान्य परिवार, तीक्ष्ण बुद्धी भएको छोरा। त्यो बेला सानैमा बिहे गर्नु परम्परा नै थियो। हाइस्कूल पढ्दै गर्दा प्रचण्डको पनि विवाह भयो सीतासँग। पोखराको हेम्जामा पौडेल परिवारमा जन्मिएकी सीता। सानै उमेरमा उनले प्रचण्डसँग जीवन जोडिन्। भविष्यका पानाहरु उनका लागि अज्ञात थिए। बिहे भन्ने कुरा बालसुलभतामा एउटा परम्परा मात्र थियो उनीहरुका लागि।
तर प्रचण्डको जीवनमा बिहेसँगै ठूलो उथलपुथल हुनु लेखेको थियो शायद।

बिहे लगत्तै उनी २०२८ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएर परिवर्तनकामी आन्दोलनतर्फ अघि बढे। यी दिनहरु सामान्य थिए। तर २०३५ सालदेखि भने प्रचण्डको बेगवान जीवनको शुरुआत भयो र सँगसँगै पत्नी सीता दाहालका लागि ठूलो परीक्षाको समय शुरु भयो। तत्कालिन विश्व राजनीतिमा उदयमान चिनियाँ र रुसी विचारधारामध्ये चीनको नयाँ जनवादी क्रान्तिलाई आदर्श मान्ने नेकपा चौथो महाधिवेशनसँग जोडिए प्रचण्ड। होलटाइमरको जीवन शुरु भयो। सबै कुरा जनताका लागि, सबै समय पार्टीका लागि।

जनयुद्दका ती कालखण्डमा प्रचण्डले पत्नी सीताबाट त्यसरी पूर्ण सहयोग नपाएको भए, पारिवारिक अन्तरविरोध या तनाव झेल्नु परेको भए के उनले जनयुद्दमा त्यो स्तरमा कमाण्ड गर्न सक्थे होलान र ?

पञ्चायलतकालिन समयमा त्यति सहज थिएन राजनीति गर्न। घरमा समय दिन नसकिने अवस्था। दुखजेलो गरेर परिवार पाल्नु पर्ने बाध्यता। पत्नी सीताका अगाडि एकातिर श्रीमान क्रान्तिकारी भएको कारण राज्यसत्ताबाट खेप्नु पर्ने धाकधम्कीको चुनौती थियो भने अर्कोतर्फ परिवारलाई सम्हाल्ने जिम्मेवारी। उनले पनि आफ्ना श्रीमानलाई सबै छोडेर कतै जागिर गर भनेर दबाब दिन सक्थिन होला, तर उनले त्यसो गरिनन बरु श्रीमानले अँगालेको बाटोमा मनोवैज्ञानिक ढाडस दिईन्।

यता प्रचण्डको जीवनमा भने बिश्रामको कुनै नाम थिएन। चौथो महाधिवेशनबाट शुरु भएको क्रान्तिकारी जीवनको यात्रा २०४१ सालमा नेकपा मोटो मशालहुँदै २०४६ मा त्यसै पार्टीको महामन्त्री र २०४८ मा एकताकेन्द्रको महामन्त्री, २०५१ नेकपा माओवादीको गठन र वर्ष दिनपछि जनयुद्दको घोषणासम्म पुग्यो।

युद्दकाल त्यति सहज पक्कै पनि थिएन। तर संघर्षका ती जटिल दिनहरुपमा पत्नी सीताले प्रचण्डको हरेक पलमा साथ दिइन। रोल्पा-रुकुमदेखि भारतका कैयन स्थानहरुसम्म उनले क्रान्तिकारी आन्दोलनमा एकजना क्रान्तिकारीको सच्चा क्रान्तिकारी पत्नीको भूमिका निर्वाह गरिन। उपमा दिँदा फरक नै नपर्ला, आमा उपन्यासमा पावेलकी आमा जस्तो। सधैं एकनास, सधैं उर्वर, सधैं सकारात्मक। मन भित्रको त्रास, डर, आतंक लुकाएर भए पनि छोराछोरी, श्रीमान र क्रान्तिका पक्षमा निडर भएर सधैं अघि बढने साहसी महिला।

मानिस जतिसुकै राजनीतिक भएपनि कता कता उसको व्यक्तिगत र मानसिक व्यक्तित्व पनि हुन्छ। जनयुद्दका ती कालखण्डमा प्रचण्डले पत्नी सीताबाट त्यसरी पूर्ण सहयोग नपाएको भए, पारिवारिक अन्तरविरोध या तनाव झेल्नु परेको भए के उनले जनयुद्दमा त्योस्तरमा कमाण्ड गर्न सक्थे होलान र ? त्यसो त यो काल्पनिक प्रश्न हो। तर जनयुद्दको सर्वोच्च कमाण्डरको हैसियतले प्रचण्डलाई मनोवैज्ञानिक सहजता दिन सीता दाहालको भूमिका कम्ती थिएन होला भनेर सहजै अनुमान भने लगाउन सकिन्छ।

युद्दकालमा र त्यसअघि पनि परिवार धान्न, परिवारका चिन्ताहरु ह्टाउन, भाई बहिनीहरुलाई स्याहार गर्दै आमालाई सहयोग गर्दै आएकी मिलनसार छोरी ज्ञानु दाहाललाई क्यान्सरले लग्यो। उनीहरुले निकै कोशिस गरे तर बचाउन सकेनन्। यो सीता दाहालको जीवनमो ठूलो बज्रपात थियो।

प्रचण्ड, सीता दाहालहरु २०६३ सालमा सार्वजनिक जीवनमा प्रवेश गरे पछि भने सीतालाई केही सहजता भयो। हिजोको जस्तो शारीरिक थकान या दौड अब कमै थियो। तीन जना छोरी र एक छोराको जन्म भएको थियो। जीवनका कैयन कष्ट र दुख झेलेकी सीताका लागि छोराछोरीको माया औधी थियो। अझ छोरीहरु बिहे गरेर गएपछि राजनीतिकरुपमा व्यस्त परिवारमा उनका अगाडि छोरा हुन्थे अधिकांश समय।

मानिसको जीवन, सुख पाउने उमेरको कल्पना गर्छन सबैले। सीता दाहालको मनले पनि यही सोचेको थियो होला। शान्ति प्रक्रिया र संविधानसभाबाट संविधान बन्ने अवस्था उनका लागि पनि निकै हर्षको विषय थियो। तर यही बीचमा प्रचण्ड र सीता दाहालको जीवनमा एउटा अकल्पनीय दुर्घटना घट्यो। उनीहरुको जेठो छोरी ज्ञानु दाहालको निधन हुन पुग्यो। जेठी छोरी। परिवारमा सबैको सहारा।

युद्दकालमा र त्यसअघि पनि परिवार धान्न, परिवारका चिन्ताहरु ह्टाउन, भाई बहिनीहरुलाई स्याहार गर्दै आमालाई सहयोग गर्दै आएकी मिलनसार छोरी ज्ञानु दाहाललाई क्यान्सरले लग्यो। उनीहरुले निकै कोशिस गरे तर बचाउन सकेनन्। यो सीता दाहालको जीवनमो ठूलो बज्रपात थियो। उनले सबै सहेकी थिइन। युद्दकाल झेलेकी थिइन। श्रीमानको अति व्यस्त समयसँग पनि सम्झौता गरेकी थिइन। तर छोरीको मृत्यु सह्य हुन सकेन उनलाई।

श्रीमानले घरका लागि समय मिलाओस भन्ने चाहेको हुन्छ हरेकले। तर प्रचण्डले आफू र परिवारका लागि या भनौं सीता दाहालका लागि कहिल्यै बाँच्न सकेनन। नेपाली समाजको बेथिती अन्त्य गर्ने मिशन उनको प्राथमिकता बन्यो सधैं। तर पनि सीता दाहालले कहिल्यै गुनासो गरेको सुनिएन।

अरु दुई छोरी गंगा दाहाल र रेणु दाहालको पनि विवाह भइ सकेको थियो। यता प्रचण्ड र सीतासँग भने प्रकाश दाहाल बस्थे। दुखको क्षणलाई यी तीनैजनाले बिर्साउन कोशीस गरे। दुबै छोरी गंगा, रेणु र छोरा प्रकाशले सम्हाले आमा सीता दाहाललाई। सीता दाहालले चित्त त बुझाईन तर सँगै उनको मनमा बल्झेको घाउले उनको स्वास्थ्यमा समेत असर पार्न खोजि रहेको थियो।
देशमा संविधान बन्यो।

यो सीता दाहालले २०३५ सालमा प्रचण्ड चौथो महाधिवेशनमा होल टाइमर हुँदा सुनाएको सपना साकार हुनु थियो। उनी पनि खुशी थिइन। अब स्थायी शान्ति हुन्छ। प्रचण्डले पनि अलि परिवारका लागि समय पाउँछन भन्ने उनले सोचेकी थिइन्। यही क्रममा प्रचण्ड चितवनबाट लड्ने भए। चुनाव प्रचारका लागि जानु पर्ने भयो। प्रकाश दाहाल मुख्य कमाण्डमा थिए निर्वाचनको। हरेक कुराको मेसो मिलाउनु पर्ने जिम्मा थियो उनको।

सीता दाहाल पनि घरि काठमाडौं,घरि चितवन आउजाउ भइ रहेको थियो। तर त्यही बेला प्रचण्ड र सीता दाहालको जीवनमा अर्को बज्रपात भयो। यो बज्रपात त्यति सामान्य थिएन। एउटा ठूलो बज्रपात थियो। पार्टी कामले काठमाडौं आएको बेला छोरा प्रकाशको अकल्पनीय निधन भयो। हरेक दिन बिहान ‘एक बाबु, कता छौं, खाना खायौ कि खाएनौं ?” भनेर सोध्थिन सीता दाहाल।

प्रकाशलाई औधी माया गर्ने। हरेक क्षण प्रकाशको स्वास्थ्यको चिन्ता गर्ने। तर त्यही मुटुको टुक्रा उनलाई थाहै नदिई सधैंका लागि अलप भएको थियो। यो पीडालाई उनले सम्हाल्न त्यति सहज भएन। छोरी र छोराको निधनले उनको स्वास्थ्यमा नराम्रो असर गर्नु स्वभाविकै थियो।

जहाँ साँचो प्रेम हुन्छ, त्यही साँचो विवाह र साँचो वैवाहिक जीवन पनि। यो अर्थमा एक अर्काको मनोविज्ञान बुझेर, एक अर्कालाई सम्मान गर्दै सहयात्रका यी ५० वर्ष सँगै बिताउन सफल भएको यो जोडी हामी सबैका लागि उदाहरणीय छ।

प्रचण्ड र सीता दाहालले आफ्ना र परिवारका लागि समय दिन पाएनन। एउटा श्रीमतीका लागि श्रीमानको समय महत्वपूर्ण हुन्छ। श्रीमानले घरका लागि समय मिलाओस भन्ने चाहेको हुन्छ हरेकले। तर प्रचण्डले आफू र परिवारका लागि या भनौं सीता दाहालका लागि कहिल्यै बाँच्न सकेनन्।

नेपाली समाजको बेथिती अन्त्य गर्ने मिशन उनको प्राथमिकता बन्यो सधैं। तर पनि सीता दाहालले कहिल्यै गुनासो गरेको सुनिएन। उनी एउटा समुन्द्र जस्तै हरेक पीर व्यथा लुकाएर एउटा प्रवाहमा निरन्तर साथ दिई रहिन आफ्ना श्रीमानलाई। यो प्रकारान्तरुपमा श्रीमानको क्रान्तिकारी मिशनलाई दिएको साथ र सहयोग थियो।

आज यो जोडी पचासौं वैवाहिक वर्षगाँठसम्म आइ पुगेको छ। प्रचण्डले आफ्नो जीवनलाई संयोग नै संयोगको जीवन भन्छन। वैवाहिक जीवनमा यो माया, यो समर्पण र एकअर्काको साथको बिरलै संयोग प्रचण्डले फेरी बनाएका छन्। सीता दाहाल यो संयोगको केन्द्रमा छिन्। प्रचण्डलाई बारम्बार दुखेसो लाग्ने विषय पनि परिवारलाई समय दिन नसक्नु हो। उनलाई पनि परिवारसँग दुखसुखका कुरा गरेर समय बिताउन, नाति, नातिनीसँग खेल्न मन नलाग्ने होइन होला। तर उनको काँधमा रहेको मुलुकको जिम्मेवारीले चाहेर पनि त्यसो गर्न दिँदैन।

यता सीता दाहाल भने प्रचण्डको यही छटपटीको सहज व्यवस्थापन गर्न सफल हुँदै आइन। यो सबैको जीवनका लागि एउटा ठूलो सिकाई पनि हो। नेपाली समाजको बेथिती अन्त्य गर्ने मिशन उनको प्राथमिकता बन्यो सधैं। तर पनि सीता दाहालले कहिल्यै गुनासो गरेको सुनिएन। उनी एउटा समुन्द्र जस्तै हरेक पीर व्यथा लुकाएर एउटा प्रवाहमा निरन्तर साथ दिईरहिन आफ्ना श्रीमानलाई। नेपाली समाजको बेथिती अन्त्य गर्ने मिशन उनको प्राथमिकता बन्यो सधैं। तर पनि सीता दाहालले कहिल्यै गुनासो गरेको सुनिएन। उनी एउटा समुन्द्र जस्तै हरेक पीर व्यथा लुकाएर एउटा प्रवाहमा निरन्तर साथ दिई रहिन आफ्ना श्रीमानलाई।

विवाह एउटा यान्त्रिक प्रक्रिया कदापी होइन। दुई जनाबीच सिन्दुर पोते लगाउँदै बिवाह हुँदैन। सच्चा विवाहका लागि त त्यहाँ माया चाहिन्छ, एकअर्काप्रतिको सम्मान र सहयोग चाहिन्छ। विश्वास चाहिन्छ। जहाँ साँचो प्रेम हुन्छ, त्यही साँचो विवाह र साँचो वैवाहिक जीवन पनि। यो अर्थमा एक अर्काको मनोविज्ञान बुझेर, एक अर्कालाई सम्मान गर्दै सहयात्रका यी ५० वर्ष सँगै बिताउन सफल भएको यो जोडी हामी सबैका लागि उदाहरणीय छ। यो ५० वर्षको यात्रा अझै निरन्तरता पाओस्, यो माया, प्रेम र भरोसाको रुख अझै झांगियोस्। तपाई हामी सबैका तर्फबाट कमरेड प्रचण्ड र कमरेड सीता दाहाललाई हार्दिक लालसलाम तथा शुभकामना !

Loading...

प्रतिकृया लेख्नुहोस्: