मंसिर ३ गते, २०७६

रघुगंगा हाईड्रोपावरमा करोडौको हिनामिना भएको आशंका, कर्मचारीहरु अख्तियारमा तानिदै

पटक हेरिएको

नेपालटक विषेश रिपोर्ट । नेपाल विद्युत प्राधिकरण अन्तर्गत पहिलाको रघुघाट जलविद्युत आयोजनालाई कम्पनिमा परिणत गरि हाल राघुगंगा नाम राखि निर्माण कार्य शुरु गरेको उत्त हाईड्रो पावरमा करोडौ रकम कर्मचारीहरुको मिलेमतोमा हिनामिना भएको आशंकामा केहि स्थानिय राजनितिक दलका नेता तथा कार्यकर्ता र भित्रकै असन्तुष्ट कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरे पछि कयौँ कर्मचारी अख्तियारको फन्दामा पर्ने देखिन्छ।

२०७४ सालमा टेन्डर गरी भारतीय कम्पनी IVRCL निर्माण कार्य जिम्मा दिएको प्रधिकरणले निर्माण कार्य शुरु गर्दै गर्दा भनेको समयमा निर्माण कार्य सम्पन्न गर्न नसक्ने भन्दै उत्त IVRCL लाई सम्पुर्ण सामानहरु जफत गरी दोस्रो टेन्डर मार्फत भारतीय कम्पनी नै जेपी कन्सक्टकसनलाई जिम्मा दिए पछि यही बिचको समयमा IVRCL लाई सम्पुर्ण समानहरु कब्जा गरी विदा गर्नु र नयाँ कम्पनी जेपीलाई काम गर्ने अनुमती दिए सँगै आर्थिक घोटला भएको स्थानियबासीहरुको आरोप छ।

IVRCL ठेकेदारलाई हटाउनु र पुन : टेन्डर मार्फत जेपीएसोसीएड कम्पनीलाई कामको जिम्मा लगाउनु त्यही बिचको समयमा कार्यलय प्रमुखको जिम्मेवारी समालेका श्रीराम पाण्डे, प्रशासन अधिकृत गोपाल पाठक र सिभिल महाशाखा प्रमुख राजकुमार श्रेष्ठको मिलेमतोमा आर्थिक घोटला भएको स्थानियबासिहरु नेपालटकलाई बताउँछन् । कुन -कुन के के विषयमा कति आर्थिक घोटला भयो भन्ने नेपालटकको जिज्ञासामा कुनै पनि खालका आर्थिक घोटला नभएको र यदी भएमा कानुन अनुसार आफुहरु जुन कुनै सजाय पनि भोग्न तयार भएको पाठक बताउछन् ।

जेपीएसोसीएड कम्पनीले ४४ महिनामा काम सक्ने भनि प्रतिबद्धता जनाएर काम शुरु गरेको १४ महिना बिति सक्दा पनि काम भने करिब ९ प्रतीशत मात्र भएको एक आयोजनाका एक उच्च व्यत्तीले नेपालटकलाई जानकारी दिएका छन्।

स्थानियबासीका अनुसार आफुहरुले यस हाईड्रोपावरमा भएको करोडौको हिनामीनाको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७६ साल ४ महिना २४ गते दर्ता नम्बर २५३ मा उजुरी गरेको समेत बताए । कति हिनामिना गरेका छन् भन्ने बारेमा अख्तियारले छापा मारे पछि सबै तथ्य बाहिर आउँछ र यी हाकीम भनौदाहरुलाई कसरी ठीक गर्नुपर्छ भन्ने हामीलाई पनि थाहा छ भन्दै एक स्थानियबासीले नेपालटकसँग आक्रोस पोखे । स्थानियबासीहरु योग्य हुँदा हुँदै रघुगंगामा कर्मचारी भर्नाका निम्ती नक्कली विज्ञापन टास गरी कुनै पनि स्थानियबासीलाई रोजगार नदिई कर्मचारीहरुले नै आफ्ना नजिकका नातेदारहरुलाई लिएर भर्ना गरेको प्रमाण समेत आफुसँग भएको जानकारी दिएका छन् ।

करिब २ वर्ष कार्यलय प्रमुखको हैसियतमा रहेका श्रीराम पाण्डेको कार्यशैलीप्रती असन्तुष्टी भएकै कारण पाण्डे रघुगंगाबाट केन्द्रीय कार्यलय त्यस पछि हेटौडा हुँदै अहिले विराटनगर स्थीत १ नम्बर प्रदेश कार्यलय प्रमुखको हैसियतमा छन् । सामान्यतया कार्यलयका नियम अनुसार एउटा कर्मचारी एक ठाउँमा २ वर्ष काम गर्ने र अनि मात्रै सरुवा हुने नियम छ , तर उनी पाण्डे भने एकै पटक ३ ठाउँमा सरुवा हुनुले उनको कार्यशैलिप्रती अन्य कर्मचारीहरुले पनि आशंका व्यक्त गरेका छन् ।

निर्माण कार्य शुरु गर्दै गर्दा ३२ मेगावाट विद्युत उत्पादन गर्ने भनिएता पनि नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रघुगंगा हाईड्रोपावरका प्रमुख भएर केहि समय बस्दा ४० मेगावट विद्युत उत्पादन हुन सक्ने जानकारी दिए सँगै पुन सर्वे गरी ४० मेगावट नै विद्युत निकाल्ने निर्णय गरिएको थियो । कामको सम्पुर्ण जिम्मा लिएको जेपी कम्पनीको कामको गती हेर्दा कछुवाको गतीमा देखीन्छ। यो पनि भाग्छ अनी कर्मचारीहरुलाई फेरी अर्को ठेकेदारलाई दिने नाममा कमाई खाने भाडो बन्दै आएको एक उच्च कर्मचारी बताउँछन् ।

करिब ३ महिना यता कार्यलय प्रमुखको हैसियतमा गणेश केसी पुगे पछि कार्यलयको धेरै कुरामा सुधार आएको एक कर्मचारी बताउँछन्।

पछिल्लो समयमा उर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न पत्रकार सम्मेलन गरेर विद्युत प्राधिकरण १ वर्षमै ७ अर्ब २० करोड नाफामा गएको बताए।

सम्बन्धीत समाचार

विद्युत प्राधिकरणको एक वर्षकै नाफा ७ अर्ब २० करोड

नेपाल विद्युत प्राधिकरणले एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि भएको छ। लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्द्रित भएको विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ। विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो। कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो।

२०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए। उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो।

त्यसपछिका आर्थिक वर्ष २०७४/७५ मा पनि प्राधिकरणले २ अर्ब ८५ करोड नाफा कमायो। यो वर्ष भने प्राधिकरणको नाफामा उच्च वृद्धि भएको छ। योसँग विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी १५ अर्ब १३ करोडमा झरेको छ। कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड थियो।

आर्थिक वर्ष २०७४/७५मा प्राधिकरकणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो। प्राधिकरणले एक वर्षमा नै सञ्चि नोक्सानी १० अर्बले घटाएको छ। प्राधिरकणले वर्षैसाल आफ्नो सञ्चित नोक्सानीलाई खुम्च्याउँदै लगेको छ। अबको एक देखि दुई वर्षमा प्राधिकरण सञ्चित नोक्सानीबाट बाहिर निस्कने अनुमान गरिएको छ।

प्राधिकरणले आफ्नो नाफा बढाउँदै लगेकाले सञ्चित नोक्सनीलाई शुन्यमा झार्न लामो समय नलाग्ने अधिकारीहरु बताउँछन्। ३४ वर्ष अघिसम्म प्राधिकरण निरन्तर घाटमा थियो। आव ०६६ ६७ मा प्राधिकरणले ६ अर्ब ९६ करोड घाटा बेहोरेको थियो।

प्राधिकरणलाई आव ०६७/६८मा ६ अर्ब ९ करोड, ०६८/६९मा ९ अर्ब ९५ करोड, ०६९/७०मा ३ अर्ब ४० करोड र ०७०/७१ मा ५ अर्ब १३ करोड घाटा भएको थियो कुलमान घिसिङ कार्यकारी भएर आउँदा यस्तो घाटा ८ अर्ब ८९ करोड थियो। प्राधिकरण उच्च घाटमा गएपछि आव ०६७/६८मा सरकारले सबै सञ्चित नोक्सानी मिनहा हगरेको थियो। त्यति बेला प्राधिकरणको २७ अर्ब १८ करोड रुपैयाँ सञ्चित नोक्सनीलाई सरकारले मिनाहा गरेको थियो।

WWW. Nepaltalk.com & Nepaltalktv, anandapun0@gmail.com

रघुगंगा हाईड्रोपवरमा भएको भ्रष्ट्राचारको विषय थप अर्को अंकमा क्रमश :

Loading...

प्रतिकृया लेख्नुहोस्: