मंसिर २० गते, २०७६

रघुगंगा हाइड्रो पावरमा हाकिमको मनलाग्दी, अन्तत : काममा ढिलासुस्ती

पटक हेरिएको

म्याग्दी । म्याग्दीको राखुमा कार्यालय रहेको रघुगंगा हाइड्रो पावर कम्पनिमा नेपाल बिद्युत प्राधिकरणमा कार्यरत कर्मचारीहरुकै आफन्तहरुलाई पहिले देखी नै करारमा जागिर दिईएको रहस्य खुलेको छ।

विगतमा कम्पनि प्रमुख श्रीरामराज पाण्डेले नेपाल बिद्युत प्राधिकरणमै कार्यरत कर्मचारीका आफन्त पर्ने ८ जनालाई करारमा जागीर दिईको तथ्य खुलेको छ। करारमा कर्मचारी भर्ना गर्न नपाईने सरकारको नियम बिपरित कम्पनि प्रमुखले करारमा कर्मचारी भर्ना गरेको श्रोतको दाबी छ।

“करारमा कर्मचारी भर्ना गर्दा सुचना समेत गरिएन , आयोजनामा कार्यरत एकजना कर्मचारीले भने , भकाभक आफ्ना साथीभाई , आफन्त र नजिकका नातोगोतालाई जागिर दिईएको थियो।” तर अहिले कम्पनि प्रमुख श्रीरामराज पाण्डे यहाँ कार्यरत छैनन्।

करारमा जागिर पाएकाहरुमा कम्पनिका प्रशासन प्रमुख गोपाल पाठकका भाई नवीन पाठक र उनकै सालो भाई नाता पर्ने बिष्णु न्यौपाने रहेका छन् । त्यस्तै नेपाल बिद्युत प्राधिकरणको बालाजु बितरण केन्द्रमा कार्यरत महेश्वर पनेरुका छोरा टेक पनेरुलाई पनि करारमा जागिर दिईएको थियो।

प्राधिकरणमै कार्यरत कर्मचारी दिपरमण अधिकारीका भान्जा नाता पर्ने शिशिर दाहाल पनि कम्पनिमा कर्मचारी बनेका छन्। अन्य करारमा नियुक्त गरिएका पनि नेपाल बिद्युत प्राधिकरणका कर्मचारीकै आफन्त रहेको दाबी छ। स्थानीयले पनि विज्ञापन आह्वान नगरि करारमा कर्मचारी नियुक्ति गरिएकोप्रति गुनासो गर्दै आएका थिए।

करारमा जागिर पाएकाहरुको नियुक्ति पत्र

रघुगंगा हाइड्रो पावर कम्पनिमा कार्यरत कर्मचारी दिपरमण अधिकारीले पनि खरिदमा अनियमितता गरेको तथ्य सार्वजानिक हुन थालेको छ। दिपरमण अधिकारीको श्रीमतीले रघुगंगा हाईड्रो पावर कम्पनीको स्कुटर चढेर हिड्ने गरेको तथ्य पनि खुलेको छ।

यति सम्म की व्यत्तीगत नम्बर हालि रघुगंगा हाईड्रो पावरको स्कुटर चडेर श्रीमती ईन्बेस्टमेन बैंकमा जागिर गर्ने गरेको पनि खुलेको छ। रघुगंगाको हाईड्रो पवरको स्कुटर चढि मस्ति गर्दा पनि लाखौ लाख भ्रस्टचार भएको स्रोतको दाबी रहेको छ।

दिपरमण अधिकारीको श्रीमतीको लागि स्कुटर दिएको र तेल पनि रघुगंगा हाइड्रो पावर कम्पनिबाट हालेको तथ्य बाहिरिएको छ।

यो पनि

राहुघाट जलविद्युत आयोजनाको ढिलासुस्ती : २० महिनामा पन्ध्र प्रतिशत प्रगति

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्यूत प्राधिकरणले निर्माण गर्न लागेको राहुघाट जलविद्युत आयोजनाको काममा दिलासुस्ती भएको छ । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणले २०६६ सालमा सुरु गरेको थियो। सन २०२३ जनवरीमा सिध्याउने लक्षसहित काम गरेको आयोजनाले २० महिनाको भौतिक प्रगति १५ प्रतिशत छ। पुरानो भारतीय ठेकेदार कम्पनी आइभिआरसियलसँगको सम्झौता तोडेपछि २०७४ मंसिरमा ६ अर्ब रुपैयाँमा सिभिल ठेक्का लिएको जेपी एसोशियट्सले बीस महिना १५ प्रतिशत भौतिक प्रगति गरेको हो ।

सन् २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित आयोजनाले काम अघि बढाएको थियो । विद्युत प्राधिकरणले सहायक कम्पनीको रुपमा २०७३ मा स्थापना गरेको रघुगंगा हाईड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको राहुघाट जलविद्युत आयोजनाको ठेकेदारले पर्याप्त मात्रामा उपकरण, निर्माण सामग्री र जनशक्ति परिचालन गर्न नसके पछि अबको २५ महिनामा बाँकी ८५ प्रतिशत काम सक्न चुनौति देखिएको छ।

रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादर भण्डारीले बारम्बार कामको अनुगमन गर्दा सुरुङ लगायतको काममा ढिलासुस्ती देखिएको बताए। उनले निर्माण कम्पनीले यो गतिले काम गर्दा समयमा नसिद्धिने बताए। आयोजनाको ६ किलोमिटर २ सय मिटर सुरुङ र एक किलोमिटर पेनस्टक निर्माण गनुपर्छ । तर त्यो सुरुवातको चरणमा छ, सुरुङ निर्माणमा तिव्रता दिएको छैन भण्डारीले बताए।

पहिलेको ठेकेदार कम्पनी आइभिआरसिएल टाँट पल्टिए पछि चार वर्षमा दश प्रतिशत काम गरेर अधकल्चो बनाएको थियो। नयाँ ठेकेदार कम्पनी पनि आर्थिक संकटमा परे पछि राहुघाटमा पुरानै विगत दोहोरीने चिन्ता बढेको हो। बलास्टीङ, उपकरण आयातको अनुमति पाउन प्रक्रिया र नीतिगत ढिलासुस्तीका साथै बुक्लको पहिरोले काममा समस्या रघुगंगा हाइड्रो लिमिटेडका कर्मचारी बताउछन्।

घुमाउनेताल देखी बाँधसम्म १० किलोमिटर पहुँचमार्ग निर्माण गरेको कम्पनीले बुक्ल स्थित रघुगंगा नदीमाथि बेलिब्रिज, छ किलोमिटर २०० मिटर मध्य २, ३ र ४ नम्बर अडिटबाट सुरुङ खन्न, सर्च ट्याङक र विद्युतगृह निर्माणमा ढिलासुस्ती गरेको छ। पिप्ले, झिँ र दग्नाममा दश वर्ष अघि नै २८२ रोपनी जग्गा अधिग्रहण गरेको थियो। आयोजनामा कामको गति बढाउन जिल्लाका सरोकारवालाहरुले ताकेता गरेका छन् । ढिला सुस्तिले निर्माण अबधी लम्बिदाँ लागत बढ्दै जाने पुराना संरचना प्रयोग विहिन भएर अलपत्र हुने खतरा बढेको छ।

सम्बन्धीत समाचार

रघुगंगा हाईड्रोपावरमा करोडौको हिनामिना भएको आशंका, कर्मचारीहरु अख्तियारमा तानिदै

Loading...

प्रतिकृया लेख्नुहोस्: