मंसिर ४ गते, २०७६

त्रिचन्द्रकाण्ड देखि घैटेकाण्ड सम्म गगन थापाले गरेका भ्रष्टाचारहरुको फेरिस्त ईतिहास

पटक हेरिएको

खगेन्द्र हमाल

नेपालको राजनीतिक ईतिहासमा आफ्नो बेग्लै छवि बनाएका नेपाली काङ्ग्रेसका युवा नेता तथा सांसद गगन थापा चर्चित र लोकप्रिय मानिन्छन्। छोटो समयमै नेपाली कांग्रेस भित्र आफ्नो प्रभाव र पहुँच जमाउन सफल थापालाई बिभिन्न भ्रष्टाचार र अनियमितताका काण्डहरुको आरोप लागेको छ। विद्यार्थी राजनीतिदेखि सांसद हुदै स्वास्थ्यमन्त्री हुँदासम्म गगन थापाका दर्जन भन्दा बढी काण्डहरु बाहिर आएका छन्। नेपाली जनताका सामु सधैं आर्दश र देश भक्तका कुरा गर्ने युवा नेता गगन थापाका अधिकांश काण्ड अनियमितता र लुटसँग जोडिएका छन्।

केही समयमा पहिले अनशनरत डा. गोबिन्द केसीको सबै भन्दा बलियो संरक्षक बनेका गगन थापाले स्वास्थ्य क्षेत्रमा आफ्नो पकेट मजबुत बनाउन लागि डा. केसीलाई मेन स्ट्यान्डमा बोकेर मोहोरा बनाएको उदाहरण ताजा नै छ। एलाइन्स फर पिस जस्ता विभिन्न संस्थाहरुबाट सहयोग मागेर डा. केसीको अनसनलाई १६ औं अनसन बस्न लगाएको नेता थापालाई आरोप समेत लागेको थियो। विद्यार्थी राजनीतिदेखि सांसद हुदै स्वास्थ्यमन्त्री हुँदासम्म गगन थापाका दर्जन भन्दा काण्डहरु भएका छन्। बाहिर आर्दशका कुरा गर्ने युवा नेता गगन थापाका अधिकांश काण्ड अनियमितता र लुटसँग जोडिएका छन्।

(राजनीतिमा ईमान्दारिता र पारदर्शिता भएन भने आफुले त्याग तपस्या गरेर स्थापित गरेको (मान मर्यादा ईज्जत प्रतिष्ठा) क्षणभरमै समाप्त हुन्छ)

(गगन थापाको त्रिचन्द्र कलेज र त्रिभुवन विश्वविद्यालय बबण्डर काण्ड)

गगन थापाको राजनीतिको उद्गम थलो भनेको काठमाडौंको त्रिचन्द कलेज हो। त्रिचन्द्र कलेजमा उनी स्ववियु सदस्य,सचिव हु्दै सभापति भएका थिए। गगन थापाले सभापति भने विद्रोही उम्मेवार बनेर जित्नु परेको थियो । गगन थापा सभापति भएको बेला त्रिचन्द्र कलेजमा पार्क निर्माणमा ठुलो भ्रष्टाचार भएको थियो। त्यो काण्डले अझैसम्मा पनि टुंगो पाएको छैन ।गगन थापाको नाममा ३० लाख भन्दा बढीको बेरुजु अझै पनि महालेखा परीक्षकको कार्यालयमा रहेको छ।

त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र कलेजमा अहिले पनि उनको बेरुजुको फाइल रहेको छ। थापाले त्रिबि र कलेज प्रशासनलाई बेरुजु फाइल बाहिर ल्याए जागीर खाइ दिने धक्की समेत दिने गरेको गुनासो बेला बेलामा आउने गरेको छ।त्यसो त त्रिचन्द्र कलेजबाटै गगन थापाले आफ्नो साम्राज्य बिस्तार गर्नभएको थिए। त्रिचन्द्रमा सभापति रहेको बेला लाखौं पैसा उठाएको समेत समकालिन नेताहरु बताउँछन् । विदेश भ्रमणदेखि दारु पार्टीसम्मको पैसा कलेजबाटै तिराउने गरेको तथ्य पनि त्रिचन्द्र कलेजमै रहेको छ। गगन थापाले त्रिचन्द्र कलेजमा रहदा नविन महर्जनमार्फत आफ्नो चन्दाको कारोबार गर्ने गरेका त्रिचन्द्रका प्राध्यापकहरु बताउँछन्।

(गगन थापाको पनिकाको बेवसाईड बबण्डर काण्ड)
(५लाख पेस्कि)

गगन थापा जनआन्दोलनका चर्चित विद्यार्थी नेता थिए। त्यही बेला उनले परिक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाईडको काम हात पारेका थिए।उनले परिक्षा नियन्त्रण कार्यालयको बेवसाइड बनाउछु भनेर ५ लाख पेस्की लिएर उनले वेबसाईड बनाएनन् । पनिका एक कर्मचारी भन्छन्, ‘उहाँले न वेबसाईड बनाएर दिनु भयो न, पैसा नै फिर्ता गर्नु भयो।पछि यो बारेमा धेरै चर्चा बहस हुँदा पनि राजनीतिकको आडमा यो च्याप्टरलाई गुपचुपमा राखिएको थियो।

(गगन थापाको गुण्डानाइके कुमार घैंटे बबण्डर काण्ड)

गुण्डानाइके कुमार घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि उनको हत्या हो भन्दै मानवअधिकार आयोगमा न्याय माग्न गएका थिए। कुमार घैंटेमार्फत् गगन थापाले करोडौं रुपैयाँ लगानी गरेको विभिन्न मिडिया र सार्वजनिक स्थलमा चर्चा हुनु र उनि आफै मानवअधिकार आयोगमा गएर वर्तमान नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालमाथि कारबाहीको माग गर्दै गुहार माग्न जानु संयोग मात्र नभएको चर्चा त्यतिबेला देश ब्यापि रुपमा हुने गरेको थियो । घैंटे मारिएपछि गगन थापा विक्षिप्त जस्तै बनेका थिए।त्यसपछि उनले मानवअधिकार अयोगमा उजुरी दिए र संसदमा आवाज उठाए । घैटे गगनका प्रमुख आर्थिक सहयोगी थिए। गगनले व्यपारिक घराना र कर्पोरेटहरुको सूचना घैटेलाई दिएर चन्दा असुली गर्न लगाउने गरेको आरोपसमेत त्यतिबेला देखि नै लागेको थियो।

(गगन थापाका बलत्कारका आरोपी बबण्डर काण्ड)

गगन थापाको आवरण राजनीतिक देखिए पनि गुण्डा नाइकेहरुलाई संरक्षण गर्दै आएको संजीव लामा स्यालसँगको कनेक्सनले पुष्टी गरेको छ। स्याल केही समयअघि बलात्कार आरोपमा पक्राउ परेपछि गगन थापाले उनलाई छुटाउन प्रहरीलाई दबाब दिएका थिए ।चितवनकी रुपा शर्मा लाई गुण्डा नाइके संजीव लामा स्यालले २०७५ जेठ २८ मा बलात्कार प्रयास गरेका थिए। घटना भएको ३ दिनपछि २०७५ जेठ ३० गते दरबारमार्ग प्रहरी बृत्तमा उजुरी परेको थियो। रुपाको उजुरीपछि लामा पक्राउ परेका थिए । लामा आफैले खोलेको दरबारबार्ग महेन्द्र शालिक अगाडि रहेको नोला लाउन्ज एण्ड बारमा म्यानेजर राखेकी रुपालाई उनले बलात्कार प्रयास गरेका थिए। बलात्कार प्रयास गर्ने लामालाई छाड्न र बलात्कार केस मिलाउन थापा लगायत केही नेताहरुले प्रहरी बृत्त दरबारमार्गका डीएसपी दानबहादुर मल्ललाई चर्को दबाब दिएको कुरा मिडियामा आएको थियो।

(गगन थापाका बाख्रा र मासु पसल बबण्डर काण्ड)

गगन थापाले कृषि,बाख्रापालन, कुखुरापालनदेखि मासु प्रशोधन उद्योग खोल्नका लागि ब्यवसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट)  बाट करोडौं रुपैयाँ अनुदान लिएर हजम गरेको समाचारसमेत सार्वजनिक भइसकेको छ । प्याक्टमा उहाँकै जिल्लाका आयोजना प्रमुख योगेन्द्रकुमार कार्की मार्फत् करिब १५ करोड अनुदान लिएको तथ्य सार्वजनिक भैसकेको छ। बाख्रापालन, लप्सी खेती, मौरी पालन, लोकल कुखुरापालन र कुरिलोखेती गर्ने उद्देश्य सहित बनाइएको ‘सुनखानी एकीकृत कृर्षि केन्द्र’को नामबाट उनले पैसा लिएका थिए।

सुरुमा नुवाकोटमा बाख्रा फारम र काठमाडौंको गोल्फुटारमा मासु पसल खोले। त्यसपछि २०६८ साउन २८ मा गगन थापाले धुमधामका साथ उदघाटन गरेको एच एन्ड एच मिट सप अनुदान हजम गरेपछि बन्द भएको थियो। गगन थापा र उनको टीमले खोलेका कर्मना एग्रिकल्चर फार्मद्वारा संचालित नेपाल मिट प्रोसेसिङ इन्ष्डष्ट्रिज पनि बन्द भएको थियो । यसरी अनुदान लिएको केही महिनापछि गल्फुटारमा खोलिएको कर्मना फार्म र बी एण्ड एच मिट सप पनि बन्द भएको थियो।आज भोलि त्यहाका स्थानीय र त्यो ठाउँमा आवत जावत गर्नेहरुले गगन थापाको मासु पसल त अनुदान खानका लागि खोलिएको रहेछ भन्न थालेका छन्।

(गगन थापा स्वास्थ्यमन्त्री हुँदा सामान खरिद प्रकरणमा भएको अनियमितता र भ्रष्टाचार)….

नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका त्यतिबेलाका अध्यक्ष नवराज बस्नेतले स्वास्थ्यमन्त्री हुँदा गगन थापाले नीतिगत भ्रष्टाचार गरेको बताएका थिए। बस्नेतले स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाउँदा पनि मन्त्री गगन थापा चुप लागेर बसेको आरोप लगाए थिए।स्वास्थ्य क्षेत्रमा भइ रहेको नीतिगत भ्रष्टाचारमा मन्त्रीज्यूको मौनता देख्दा हामीलाई शंका लागेको भन्दै उनले मन्त्री गगन थापाकै संलग्नतामा भ्रष्टाचार भइरहेको समेत आरोप लगाए थिए । त्यति बेला राजधानीको संवाद डबलीमा सो संघले एक पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री गगन थापा भ्रष्टाचारबारे चुप लाग्दा स्वास्थ्य क्षेत्र नै डामाडोल र बद्नाम हुने गरी भ्रष्टाचार मौलाइरहेको बताएका थिए। अध्यक्ष बस्नेतले स्वास्थ्य क्षेत्रको रकमान्तर गर्ने बाहानामा ठूलो रकम विचलन गर्ने गरेको बताए। बस्नेतले अनावस्यक सामाग्रीको खरिद बिक्रि गर्ने काम भइ रहेको र मन्त्री थापा चुप लागेका कारण स्वास्थ्य क्षेत्रमा ठूलो भ्रष्टाचार भइरहेको बताए थिए।

सामाग्री खरिद बिक्रि प्रक्रियामा कमसल खालका किन्ने तर सयौं गुणा बढी मूल्यमा विक्रि गर्ने गरेको भन्दै अध्यक्ष बस्नेतले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रको ७० प्रतिशत भन्दा बढी बजेट भ्रष्टाचारमा लागानी भई रहेको छ।उनले वीर अस्पताल, ट्रमा सेन्टर र स्वास्थ्य सेवा विभागमा पनि त्यस्तो कार्य भएको दाबी गरेका थिए । पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा भनिएको छ,‘उपकुलपति, निर्देशक,लेखापाल र सप्लायर्सको मिलेमतोमा सरकारको ठूलो रकम हिनामिना हुँदा पनि कसैले चाँसो दिएका छैनन्।आफ्नो प्रचार शैलीका कारण सधै चर्चामा आइ रहने गगन थापाले स्वास्थ्य क्षेत्रमा ठूलो अनियमितता भित्र्याएको त्योबेला ठूलो घटनाको पर्दाफास भएको थियो।

नेपाल औषधि आयातकर्ता संघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर मन्त्री थापाले औषधि खरिदमा आफू मातहतको औषधि व्यवस्था विभागलाई करोडौँ रुपियाँ घोटाला हुने गरेर काम गर्न अनुमति दिएको खुलासा गरेको पनि थियो।औषधि व्यवस्था विभागले हेपेटाईटिस ‘सी’ को औषधिको पटके आयात सिफारिस दिने क्रममा दुई आयातकर्ताहरूले ‘प्रतिबट्टा (२८ ट्याब्लेट) क्रमशः २८ हजार ५ सय र ३३ हजार ७ सय ५० मा उपलब्ध गराउन सक्ने दाबी गर्दै आबेदन दिएकोमा नियम मिच्दै र मन्त्री गगन थापाको नाराकै खिल्ली उडाई प्रतिबट्टा ३३ हजार ७ सय ५० मा बेच्ने दाबी गर्ने व्यवसायीलाई प्रतिबट्ट रु ४० हजार मा बेच्ने गरी स्वीकृति दिएको निर्णयबारे हामीले मन्त्रीको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई भएन’, विज्ञप्तिमा भनिएको छ। संघका अनुसार हेपेटाईटिस ‘सी’का बिरामीले निको हुन कम्तिमा ३ वटा बट्टा औषधिको सेवन गर्नुपर्छ।

‘स्वास्थ्यमन्त्री थापा स्वदेशी औषधि उद्योगीहरूको दवावमा आई गठन गरेको कार्यदलको प्रतिवेदनलाई नै आधार मानेर लगभग ३५ प्रकारका गुणस्तरीय औषधिको आयातमा समेत रोक लगाउने खालको घातक निर्णय भएको भन्ने जानकारी प्राप्त हुन आएकोमा घोर आपत्ति जनाउँदै निर्णय नसच्याएसम्म र आयातकर्ताको १५ बुँदे माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन गर्ने निर्णय भएको थियो। यो बारेमा संघको विज्ञप्तिमा उल्लेख छ। मन्त्री थापाले औषधि आयातकर्ताहरूले आयात हुने कतिपय औषधिममा ४ सयदेखि २२ सय प्रतिशतसम्म मुनाफा लिने गरेको आरोप लगाएपछि औषधि आयातकर्ताहरूले त्यसको खण्डन गर्दै आफूहरूले औषधि व्यवस्था विभागले तोकेको दररेटमा मुनाफा लिएको बताएका थिए।

संघका अध्यक्ष अञ्जन पुडासैनीले स्वास्थ्यमन्त्री थापाले जनतालाई सस्तो दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने सस्तो, चर्को र कर्णप्रिय् नारा लगाएर गरिव जनताको भावनासँग खेलवाड गरेको आरोप लगाएका थिए। उनले स्वदेशी औषधि कम्पनीहरूको महँगो औषधिलाई बढावा दिन स्वास्थ्यमन्त्री गगन थापाले सीमित व्यवसायीहरूको हितका लागि यस्तो निर्णय गरेको पनि बताएका थिए । संघका महासचिव पवन आचार्यले आफूहरूको मागको सुनुवाई नभए औषधिहरूको आयात ठप्प पार्ने चेतावनी पनि दिएका थिए।

आचार्यका अनुसार वैशाख २९ गते औषधि व्यवस्था विभागमा मुखमा कालोपट्टि बाँधेर ज्ञापनपत्र बुझाउने, जेठ २ गते औषधि व्यवस्था विभागमा कालोपट्टि बाँधी धर्ना दिने, जेठ ७ गते सांकेतिक स्वरुप आयातकर्ताहरूले बिलिङ बन्द गर्ने तथा जेठ ८ गतेदेखि बिलिङ बन्द गर्नुका साथै आयात समेत ठप्प पार्ने निर्णय संघले गरेको थियो। यसरी स्वदेशी औषधि कम्पनीहरूको दवावमा मन्त्री गगन थापाले कमिशन लिएर औषधि आयातकर्ताहरूलाई सस्तोमा औषधि बिक्री नगर्न दवाव दिएको संघको आरोप लागेको थियो।

(गगन थापा स्वास्थ्यमन्त्री हुदा कर्मचारी जगतमा भ्रष्ट वाईटुके भनेर चिनिने कृषि मन्त्रालयका सह सचीव योगेन्द्र कुमार कार्की एवंम गगन थापाका पुसाई (ससुरा)करोडौं भ्रष्टाचार गरेको आरोप लाग्दा उनलाई बचाउन गगन थापाले अख्तियार प्रमुखलाई सम्मेत फाईल बन्द गराउन दबाब दिएका थिए)  

आरोप माथि आरोप खेपिरहेका युवा नेता गगन थापाको जोड बलमा फाइल बन्द गरिएको एउटा मुद्धाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोतल्ने भएको छ। अख्तियारले पनि आफ्नो ईच्छाले नभई दाताले सहयोग बन्द गरेका कारण उक्त फाइल खोल्ने तयारी गरेको हो। विश्व बैंकको सहयोगमा संचालित ब्यावसायिक कृषि परियोजना सहयोग कार्यक्रम (प्याक्ट) मा भएको भ्रष्टाचारको फाइल अख्तियारले खोल्ने तयारी गरेको बुझिएको छ। कृषि मन्त्रालयका तत्कालिन सहसचिव योगेन्द्र कुमार कार्की प्याक्टको आयोजना प्रमुख रहेको बेला भएको मनपरी भ्रष्टाचारको फाइल अख्तियारले खोतल्न लागेको उच्च स्रोतले जनाएको छ। कर्मचारी जगतमा भ्रष्ट वाइटुके भनेर चिनिने कार्कीले प्याक्टमा हुँदा करोड होइन करोडौंको भ्रष्टाचार गरेको प्रमाणसहितको उजुरी तीन बर्ष अघि नै अख्तियारमा परेको थियो । तर त्योबेला स्वास्थ्यमन्त्री गगन थापाको चतुर्याई र बदमासीका कारण अख्तियारका प्रमुख लोकमान सिंह कार्कीले फाइल थन्क्याएका थिए।

संसदको कृषि समितिको सभापति रहेका गगन थापाले प्याक्टका तत्कालिन प्रमुख कार्कीलाई जोगाउन भित्र भित्र धेरै भूमिका खेलेका थिए। समितिमा परेको उजुरीमाथि छलफल नगराउने मात्रै होइन अख्तियार प्रमुख कार्कीलाई भनेर उनले फाइल रोकाएको उतिबेलै चर्चा भएको थियो।योगेन्द्र कार्की र गगन थापाबीच ससुराली तिरको नाता रहेको छ। कार्की अर्जुन नरसिह केसीका बैनी ज्वाई हुन भने थापा केसीका छोरी ज्वाई हुन्। सोही सम्बन्धका कारण थापाले प्याक्टको भ्रष्टाचार काण्ड लुकाउन भूमिका खेलेका थिए।

तर उक्त भ्रष्टाचार काण्ड भएपछि विश्व बैंकले प्याक्ट आयोजनालाई दिने सहयोग रोकेको थियो। अहिले विश्व बैंकले उक्त काण्ड छानविन गर्न र भ्रष्टाचारीलाई कारबाही गर्न ताकेता गरेपछि अख्तियारले फाइल खोतल्न लागेको हो।पछिल्ला यस्ता दर्जनौं घटनाहरुले गर्दा सम्मानित न्यायलय प्रती पटक पटक प्रश्न खडा हुने गरेको छ तर जनताको सम्मानित अदालत प्रती उच्च विश्वास पनि उत्तिकै बढ्दै गएको छ।

 

Loading...

प्रतिकृया लेख्नुहोस्: