जेष्ठ ९ गते, २०७६

राजनीति दल जनताको लागि कहिल्यै भएनन् जिम्मेवार!

पटक हेरिएको

भुमिराज अधिकारी

राजनीति भनेको राज्यको नीति, ब्यवस्थालाई ठीक गरी जनताको लागि, देशप्रतिको कुटनैतिक  सम्बन्धलाई ठिक राख्ने व्यवहारगत व्यवस्था नै राजनीति हो। देशका कुनै पनि पार्टीले जनताको लागि राजनीति गरे पछि अवश्य नै त्यो सफल र सक्षम मानिन्छ।

जनतालाई राजनीतिक दलले जब वेवास्था गर्ने गर्द छन्, त्यस पछि राजनीति सदाको लागि समाप्त हुन्छ। जनताको संघर्षको प्रतिफल दिन नसकेका राजनीतिक दलको औचित्य हुँदैन। नेपाली जनता माथि टेकेर धेरै पटक-पटक राजनीतिक दलले राजनीति गरी व्यक्ति स्थापित हुने परिपाटीले गर्दा देशमा चाहे जति विकास हुन सकेन र राजनीति पनि जनताको लागि नभई ब्यक्तिको लागि मात्र भयो।

फल स्वरुप जनताको लागि भनेर गरिएको राजनीतिले जनताले प्राप्त गर्नु पर्ने सवै सेवा सुविधा अहिलेसम्म पनि प्राप्त गर्न सकेनन्। जसको कारण जनताको संघर्ष रित्तो भई रहेको छ। जनता र राजनीतिक दलको सम्बन्धमा सधै सुमधुर सहित प्रगाढ हुँदै जानुको साटो झन विग्रदैं गई रहेको छ। 

सत्तामा पुग्दा साथ निर्वाचनको समयमा जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्नु भन्दा मौका छोप्ने अवसरको रुपमा लिई अकुत सम्पत्ति आर्जन गरी अनैतिक कृयाकलापमा संलग्न हुने गरेका छन्। आफुले गरेको कामहरु कति राम्रा छन् ? कति नराम्रा छन् ? भन्ने कुरा छुट्टाउन नसक्दा राजनीतिक दल जनतामाझ आलोचित हुनु परेको छ।

सत्तामा आसिन राजनीतिक दलले बन्दुक र शक्तिको आडामा जनताका आवाजहरु बन्द गर्ने सम्मका प्रयासहरु गर्दै आई रहेका छन्। सरकारी ढुकीकुटलाई आफ्नो पुर्खाको सम्पत्ति ठानी राष्ट्र, राष्ट्रियता, स्वाभिमान लत्याउँदै जनता भन्दा पनि जीवनको लागि पार्टीलाई सञ्चालन गर्दै आइ रहेका छन्। राजनीतिलाई अस्वस्थ्य आर्थिक कुल्याउने प्रतिस्पर्धाको रुपमा लिईने गरिएको छ। प्रहरी प्रशासनको भरमा जनता माथि ताण्डव मच्चाउने काम समेत गर्दैं आएका छन्। जनताको लागि रजानीति दल कहिल्यै पनि जिम्मेवार भएनन्।

आफू अनुकुलतामा काम गर्दै आए। पारिवारिक झमेलामा अल्झिएरै काहीँ न काहीँ भ्रष्टाचारमा लिप्त हुन पुगेका छन्। सत्ताको बागडोर समाल्दा आफु र जनता गरी दुई प्रकारको विभेदकारी दृष्टिकोणले हेर्ने गरिएको छ। सबैलाई हेर्ने समान दृष्टिकोण बनाएको भए आज जनता एक आपसमा विभाजित हुनु पर्ने परिस्थिति आउने थिएन।

देशको विकास पनि समग्र रुपमा नभई विभाजित रुपमा विकास गर्ने गरिकालाई आत्मसाथ गरियो। जसले गर्दा जनतालाई अनुभव हुने गरी समान विकास हुन सकेन। राजनीतिक दलले जनताको लागि राजनीति गर्नु पर्छ, भन्ने मानसिकता बनाउन सकेनन्। राज्य नेतृत्व कर्ताले आफ्नो दायित्व बहन गर्न सकेन। जनताको लागि लोकप्रियता भन्दा पनि आफन्तजनको लागि मात्र लोकप्रिय बन्नु पुगे।

आफन्तबादको  नारा र कामले गर्दा जनतालाई भड्काउने राजनीतिको सुरुवात गरे। जनताको झुपडीसम्म पुगेर भन्दा पनि ठुला महलहरुमा बसेर विकासका योजनाहरु बनाउन लागे। महलमा बनाईएका योजनाले जनताका आधारभूत आवश्यकताको पहिचान हुन सकेन।

जसले गर्दा राज्य सत्ताप्रति सधै जनताको घृणा उब्जिन पुगको छ। सडकदेखि सदनसम्म विरोधका आवाज उठ्ने गरेका छन्। राजनीतिक दल र जनताबीच अविश्वासको वातावरणको खाडल बढ्दै गएकाले जनता र राजनीतिक दल एक आपसका परिपुर साधन जस्तै हुन सकेनन्।

राजनीतिक दलले जनतालाई कहिल्यै पनि पूरा गर्न नसक्ने झुट्टा आश्वासन मात्र बाँढेका कारणले जनता र रजनीतिक दलको विश्वासलाई दिन प्रति दिन धरासायी बनाउँदै गए। अविश्वासका कारण जनता खुसी, सुखी र सम्पन्न हुन सकेनन्। जनताको लागि राम्रो सोच र प्रभावकारी नीतिलाई राजनीतिक दलले आत्मसाथ गर्नु पर्दछ।

सत्ता र शक्तिको भरमा जनता माथि गरिएको राजनीतिले आफैलाई थप्पड लगाउने गर्दछ। उनीहरुले प्रयोग गर्ने हतियार भर पर्दो निशाना नभई अधुरो र अपुरो युद्ध हुन पुग्दछ। राजनीतिक दलले गदैं आएको ज्यादतिले गर्दा जनताले धेरै दुःख पाई रहेका छन्। जनताले इमानदार निष्ठाको राजनीति गर्ने राजनीतिक दल पाएनन्।

सत्ताको संयन्त्रले जव जनता माथि जसरी शक्ति प्रदर्शन गर्न खोजिन्छ, त्यसबेला जनताले त्यो शक्ति प्रदर्शनलाई सहन सक्दैनन्। त्यसैको परिणाम देशमा समय-सयमा सडकबाट गरिएको आन्दोलनले सत्ता ढल्ने गरेको छ। जनताको आक्रोसित आन्दोलनले नीतिले अन्ति अस्त्र प्रहार गर्ने हुँदा त्यो प्रहारलाई जो कसैले पनि रोक्न सक्दैनन् ।

जनताको जनमतलाई पुरा गर्ने बाचाका साथ जिम्मेवारी वहन गरेका राजनीतिक दलले ब्यक्तिगत फाईदाको लागि गरिएको सत्ता समिकरण धेरै दिन टिक्दैन र दीर्घकालिन फाईदा कसैलाई गर्दैन। जनता माथि नाङ्गो खेल खेलेर राजनीतिक दलले सन्तुष्टि सहित मजा लिने होईन। सिङ्गो जनतालाई राजनीतिक दलले आफुसँगै रिजाउन लाग्नुपर्छ।

राजनीति भनेको जनताको सर्वोच्च शक्ति हो। राजनीतिक दलले त्यो सम्पूर्ण शक्तिलाई ग्रहण गरी सबै शक्तिलाई जनताको लागि परिचालन गरिनु पर्दछ। राजनीतिलाई जनतामुखि बनाउनु पर्छ। राजनीतिक दलले जनता माथि भएको अन्याय र अत्यचारको अन्त्य गरी गलत राजनीतिको बाटो छोड्नु पर्दछ।

जनताका सल्लाह, सुझाव र गुनासालाई सबै राजनीतिक दलले सहजै स्वीकार गर्न सक्नुपर्छ। राजनीति जनताको न्यायको लागि स्वतन्त्र राजनीतिको अवश्यक हुन्छ। राजनीतिक दलले अवसर आएको समयमा जनतामाझ क्षमता देखाउनु पर्छ, शक्ति देखाउनु हुँदैन। मुल्यको राजनीति भन्दा पनि ब्यक्तिगत सफलताको राजनीतिको विश्वासले गर्दा जनता सधै दुःख पाउने गरेका छन्।

आदर्श र इतिहासको कुरा मात्र जनताको लागि राजनीति हुन सक्दैन। अब ती सवैको अत्य गरी विशुद्ध देश र आम जनताको लागि राजनीतिक दलहरुले राजनीति गर्नु पर्दछ। तब मात्रै राजनीती दल जनताको हुन सक्दछन्। 

प्रतिकृया लेख्नुहोस्: