श्रावण ८ गते, २०७६

हिजो राजाले खाएका थिए, त्यस पछि कांग्रेसले, अब हाम्रै पालो हो !

पटक हेरिएको

यो गएको १२ हजार वर्षको सभ्यताको इतिहासमा करोडौं चिन्तकहरुको खोजीको विषय स्वयं मान्छे हो। मानछेका दुःख के हुन् ? मान्छेका सुः ख के हुन् ? मान्छेका सामथ्र्य के हुन् ? भन्नेबारेमा ठूलो खोजी यसका वरिपरि भयो।

आज हामी माक्र्सलाई किन सम्झन्छौं ? भन्दा माक्र्स नै ती मान्छे हुन, जसले यो १२ हजार वर्षको इतिहासमा मान्छेका बारेमा, मान्छेका सुःख दुःखका बारेमा र मान्छेका सामथ्र्यका बारेमा आजसम्म पनि कसैले प्रश्न गर्न नसक्ने गरी ती महान चिन्तक कार्ल माक्र्स ले नै गरे। उनले व्याख्या गरेर दुनियाँका सामु के राखि दिए भने, मान्छे जब दुनियाँका सामु आफैले सिर्जना गरेका अगणित बन्धनमा बाँधियो।

ती मध्ये सबै भन्दा धेरै वर्गको बन्धनमा बाँधियो। मान्छेको आजको दुस्ख जो मान्छे आफैंले सिर्जना गरेको थियो त्यो वर्गको दुःख हो। मान्छेले आफ्ना सामाजिक जिवनमा प्राप्त गर्ने सबै भन्दा राम्रो र सुखको दिन भनेको समाजवाद हो भनेर उनले व्याख्या गरे। त्यस्तो व्यख्या अरु केही केही अगाडीकाले पनि गरेका थिए।

माक्र्सले सबै भन्दा बढी महत्वपूर्ण रुपमा के भने भने त्यो समाजवाद ल्याउने समाथ्र्य कुनै देवी देउवा वा कुनै काल्पनिक शक्ति होइन त्यो मान्छे नै हो जो संग समाजवाद ल्याउने सामथ्र्य छ भन्नेबारे व्याख्या गरे। यो १२ हजार वर्षको इतिहासमा ज्ञान र चिन्तनको हिसाबले भन्ने हो भने सबै भन्दा महत्वपूर्ण विषय हो। यसबीचमा जति बहस र छलफल भएको छ त्यसमा माक्र्ससंग नठोक्किकन दुनियाँमा कोही पनि सफल हुन सकेका छैनन्।

अथवा उसले माक्र्ससंग सहमत हुनपर्छ वा विमत राख्नपर्छ । ती माक्र्सलाई सम्झनका लागि हामीले त्यसलाई छलफल गर्नका लागि माक्र्सवादको विमर्षका लागि यो कार्ल माक्र्स द्विशताब्दि जन्मोत्सव समिति बनाएका थियौं। आज यहाँ मैले भन्दा त्यस बारे बहस हुन सक्छ, १९६० पछि धेरैठाउँमा विद्रोहरु भए, खास गरी सशस्त्र विद्रोहरु भए त्यसले समाजमा के प्रभाव पार्यो त्यसको अर्को विश्लेषण होला।

धेरै जसो ती विद्रोहरु प्रतिक्रियावादीहरुको दमनमा कुल्चिएर मारिए। गणतन्त्रको उद्देश्यका साथ चलेको युद्धको कुरा गर्ने हो भने, प्रचण्डलाई यो युद्धलाई गणतन्त्रमा परिणत गनै नेताको रुपमा लिन सकिन्छ। झलनाथ खनाल, सबै भन्दा बढी अप्ठेराका दिनहरु थिए। सैद्धान्तिक तथा वैचारिक अप्ठेरोको समयमा उहाँहरुले एउटा निर्णय गर्नु भएको थियो र क्रान्ति गर्नु भएको थियो। ०४६/०४७ को समयमा झलनाथ खनाल लगायतले भननु भएको थियो, त्यो एउटा वाद आउने छ त्यो भनेको जनताको बहुदलीय जनवाद हुनेछ। त्यो उपलब्धिको हिसाबले यति बेला हामीलाई उत्ताउलो हुन दिने छैन्।

कम्युनिष्ट पार्टीका नाममा गएको १०० वर्षमा संसदीय लोकतान्त्रीक परिपाटीको हिसाबमा यत्तिको जनमत कसैले पाएको थिएन्। यस अर्थमा हामीसंग यो इतिहासको यसका उथलपुथल यसमा बगेको रगत, पसिना र मुल्य हाम्रो काँधमा छ। नेपालकै सन्दर्भमा भन्ने हो भने पनि गएको ७० वर्ष हामी जुन अस्थिरताबाट गुज्रिएर आयौं, अनेक अवस्था आए।

धेरै उतारचढाव आए, त्यो ७० वर्षको इतिहास पछिको कहानी यहाँ छ। यस हिसाबले हेर्ने हो भने इतिहासको आँखाबाट हेर्ने हो भने, राजनीतिको आँखाबाट हेर्ने हो भने सारै महत्वपूर्ण छ। ‘यो हिजो राजाले खाएका थिए, त्यस पछि कांग्रेसले खाएका थिए, अब पालो हाम्रै हो।’ यस हिसाबले पनि भन्ने हो भने वा अर्थ लगाउने हो भने आज हामीले कहाँबाट हेर्ने हो ?

यो पार्टीको नेता, कार्यकर्ता शुभचिन्तकले कहाँबाट हेर्छ ? हामीले जे नारा लगायौं, इतिहासमा जे गर्यों, भाग्यौं, कुट्यौं, लड्यौं, यो सारा कुरालाई सम्झने मान्छेहरु, श्रमजिवी मान्छेहरु ती अरबको ५२ डिग्रिको धुपमा चौरमा उँट चराइ रहेकाहरु, अफ्रिकाको वेश्यालयमा नांगै डान्स गरिरहेका हाम्रा छोरीहरु सबैले यो उपलब्धिलाई आशाको नजरले हेरेका छन्।

हामीले कत्तिको जिम्मेवार भएर यी कुराहरुको उत्तर दिन्छौं भनेर आशाको नजरले हेरि रहेका छन्। एउटा क्रान्तिकारीको हिसालबे भन्ने हो भने यो नेपालीको मात्र कुरा होइन्, दुनियाँ भरीका क्रान्तिकारी आन्दोलनहरुले त्यो आशाका साथ पहिलो पटक संसदीय पद्धतिबाट पहिलोपटक यति ठूलो शक्ति निर्माण भएको छ। यो सार कुरालाई इन्कार गरेर हामी केही गर्न सक्दैनौं र केही गर्न खोज्यौं भने त्यो दुई दिनको कुरा हुन्छ, हामीले ठक्कर खान्छौं।

यसर्थ, समृद्धिको कुरा समाजवादीका कुरा लेटिन अमेरिकाका सबै मुलुकमा, अफ्रिकाका सबै मुलुकमा, एसियाका सबै जसो मुलुकमा कुरा गरे। तर, आएका सप्ताहरु ती नयाँ प्रजातन्त्रहरु त्यस भित्र क्रमश नयाँ वर्ग आयो। र त्यो कित्ता जुन नेतृत्वको कित्ता थियो, प्रतिकान्तिसंग मिल्दै गयो। नयाँ प्रजातन्त्र जुन दोस्रो विश्वयुद्ध पछि आयो। त्यो सिकियो। समाजवादको आफ्नै इतिहासमा पनि कम कुरा भए।

यसर्थ, आजको प्रश्न भनेको आज हामी कहाँ छौं ? समृद्धि र समाजवाद हामीले पनि भनेका छौं, तर हामी कहाँ छौं ? यो प्रश्नको उत्तर यदी हामीले इतिहासको जगमा र सिद्धान्तको जगमा यो प्रश्नको उत्तर दिन सकेनौं भने हामीमाथि खतरा छ है ! हाम्रो जस्तो राजनीतिमा खतरा के छ भने, हामी क्रान्ति गर्न खोज्दैछौं। सबै भन्दा पहिलो प्रभाव के हुन्छ भने जित्न पर्नेले होइन, जित्न सक्नेले टिकट पाउने एउटा परिस्थिति बन्दै जान्छ।

पहिलो केन्द्रीय कमिटीदेखि तलका कमिटीसम्म त्यो चाँजोपाँझोमा लाग्छन्। दिनमा १०० जना दलाल पूजीँवादसंग भेट हुन्छ जस्तो लाग्छ मलाई त। बिहान भन्सारको तस्कर आयो, कर छल्ने मान्छे आयो, दिउँसो आफ्नै पार्टीको नपढाउने प्रोफेसर आयो, अपढाउने टिचर आयो, अनि साँझ भू-माफिया आयो। यो राजनीतिमा यती मान्छेसंग ठक्कर हुन्छ। एका तिर यस्तो अवस्था छ। अर्को तिर, यो संसदीय राजनीतिमा नेता हुनका लागि मेरो घर अलिकति सानो छ, विचरा त्यो क्रान्तिकारी, यस्को बारेमा पनि सोच्दैछ।

मेरो छोराछोरी सानो स्कुलमा पढ्दैछन्, मान्छे हो त्यसका पनि श्रीमति, त्यसको पेशा दुई चार जना मान्छे अघि पछि भएदेखि म पनि केही गर्न सक्थेँ होला। सुरुमा त उसले संभवत क्रान्तिकै लागि सोच्छ होला की म क्रान्तिका लागि अलि बढी सोच्थें होला। यो क्रममा जो मान्छे एकचोटी झिमिक्क गर्यो सक्कियो। एक पटक क्रान्तिकारीले होस गुमाए पछि कहिल्यै फर्किएर आउँदैन। दन्त्यकथाको किचकन्या जस्तै हो। कहिल्यै फर्किएर आउँदैन्। बढी ठूलो नेता हुनका लागि माथिबाट संरक्षण चाहिन्छ, तलबाट साथ चाहिन्छ। नयाँ ऐजेण्डा सुरु हुन्छ र तलकासंग संवाद सुरु हुन्छ।

कुन व्यापारीका पक्षमा तपाँई हुनुहुन्छ र कुन व्यवसायीसंग हुनुहुन्छ भनेर पार्टी भित्र विवाद सुरु हुने व्यवस्था भएको छ। यसरी पार्टी भित्र नयाँ वर्ग जन्मिन्छ र क्रान्ति जन्मन्छ। यसको नाममा अलिकति भन्न नसकेर यस्तो भएको छ। हामीले समृद्धीको कुरा गर्छौं। यो राम्रो कुरा हो। खास गरी, हामीले नेकपा माओवादीको हेटौंडा अधिवेशन पछि र एमालेको नवौं महाधिवेशन पछि नयाँ प्रस्थावनाहरु तयार गयौं र दलाल पूजिँवादसंग लड्ने प्रतिज्ञा गर्यौं।

म फेरि पनि व्यक्तिगत रुपमा रेल र पानि जहाजको विरोधी भनेर मानिसहरुले चित्रण गर्छन्। बुझ्नुस्, म रेल र पानि जहाजको विरोधी हुँदै होइन्। तर, मेरो भनाई कति मात्र हो भने अफ्रिकाको डान्स बारमा नांगै नाच्ने मेरो छोरी भएसम्म, यो मुलुकको छोरी भएसम्म समाजवाद भन्न मिल्दैन्। विकासको कुरा गर्दा प्रशान्त महासागरमा बडा काव्यात्मक छ र जो सुकैलाई लोभ्याउने प्रकारको छ।

तर आज प्रश्न नांगै नाच्दै गरेकी मेरी छोरीको हो की महासागरमा फरफराएको त्यो झण्डाको? हामीलाई माक्र्सवाद, हामीलाई क्रान्ति सबै छैन भन्नका लागि प्रशान्त महासागरमा झण्डा फराफराउादै गरेको त्यो पानिजहाजै हो। तर, जसले मान्छेको कुरा गर्छ, विकासको कुरा गर्दा जब मान्छेको कुरा खै ? म संक्षिप्तमा के भन्छु भने यो अँध्यारो मात्रै छैन्। मलाई याद आउँछ प्रचण्डबहादुर बुढाथोकिको गित। उहाँले यस्तै हेरेर गाउनु भएको थियो की, ‘हेर देशको हालत कस्तो छ, छात्ति पिटी चिच्याउनु जस्तो छ।’

(भुसाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हुन्।)

पो पनि हेर्नुहोस्

Loading...

प्रतिकृया लेख्नुहोस्: