आषाढ़ १ गते, २०७६

युद्धकाल र युद्धकाल पछिका डायरी

पटक हेरिएको

म २० वर्षको हुँदा बुवा चेतनाथ चौलागाईं स्वर्गीय हुनु भयो। त्यति बेला जनयुद्धको शर्मागर्मीले मुलुक तात्तिएको थियो भने भाइ प्रसन्न जनयुद्धमा भुमिगत थियो, म शिक्षण पेशा गर्थें निजि बोर्डिङ स्कूलमा यसरी जिन्दगीको यात्रा तय हुदै थियो।

जनयुद्धको आधी बायुबेगले बढ्दै गर्दा शाही सेनाको टर्चर बढीरहदा प्यारो वस्ती छाड्न विवश म घरायसी जीवनबाट अलिक टाढा जान बाध्य भएं। जति बेला काठमाडौंमा डेरा पाउन मुस्किल थियो। डेरा गरेर बस्नेहरुको सम्पूर्ण विवरण शाही सरकारले तथ्यांकको रुपमा बटुल्दै थियो। माओवादी जनयुद्ध दबाउन माओवादीको आशंकामा तत्कालीन समयको सत्ताको भाडाका मतियार रक्त पिपासु जल्लादहरुले चरम अतिवाद लाद्ने गर्थ्यो।

म चाहिँ फणीन्द्र दाहाल सम्पादक रहेको ताजाखबर साप्ताहिकमा हाल लन्डनमा रहनु हुने दाजु तत्कालीन संचार समूह नेपालका अध्यक्ष श्री रामहरि चौलागाईं दाजुले मिलाइ दिनु भएको सम्पर्कका बाबजुद मेरो उपनाम सिम्पाली लेखेर साप्ताहिक रूपमा आलेखहरु छपाउने गर्थें।

राजावादी पत्रीका रहस्य साप्ताहिकमा पनि आफ्ना रचनाहरु छिटपुट प्रकाशित गर्थें। संचारमा सेन्सरसिप तत्कालीन निरंकुश सत्ताले लगाइ रहेको अवस्था थियो। त्यति बेला आजको जस्तो मोबाइल र डिजिटल प्रविधीको विकास सर्वसाधारणको पहुँच सम्म आइ पुगेको थिएन।

हाम्रा विचारहरु प्रवाह गर्न कठिन परिस्थिति थियो। जनादेश भन्ने पत्रीका माओवादी विद्रोहीहरुले भुमिगत रुपमा प्रकाशित गर्थे लुकिछिपी पढ्नु पर्थ्यो। डर र त्रासमा पढ्नु पर्ने बाध्यता जस्तै थियो लुकिलुकी पढ्थें। चम्किलो रातो तारा भन्ने क्रान्तिकारी कम्युनिष्ट पुस्तक हालसम्म पनि बेपत्ता योद्धा कमरेड केशव भट्टराई (अरुण) मार्फत पाएको थिएं, त्यो पुस्तक दुई तीन चोटि पढेर लुकाएर राखेको थिएं। जति बेला म आफ्नै गाउँ सिन्धुपाल्चोकमा थिएं।

सेनाले घर सर्च गर्नु पूर्व परालको कुन्युमा लुकाएर राखेका झन्डै १०/१५ वटा पुस्तकहरु पढ्न भ्याइएन,र गाउँ छाड्नु अघि नै प्लास्टिकमा प्याक गरेर घर नजिकै सुन्तलाको फेदमा पुरेर लुकाएको थिएं। जति बेला ती पुस्तकहरु पढ्न पाउनु महान अवसर जस्तै थियो,सोत्तर सोर्न जादा पनि बोकेर जाने गर्थें र पढ्थें,प्लास्टिकमा प्याक गरेर पानीले नभिज्ने गरि ल्होसेको पाखामा ढुङ्गा मुनि थिचेर लुकाउने गर्थें,जब पत्कर सोर्न जान्थें पढेर बस्थें अनि १०र १५ पेज पढे पछी उक्त पुस्तक जङ्गलमा नै लुकाएर सोत्तर सोरेर घर आउथें।

अरुले २ खेप पत्कर सोरेर घर पुग्दा पनि म चाहिँ निम्ठो डोको पत्कर छुस्छुस लिएर घर जान्थें। बहिनिले सोरेर लगेर कटेरामा जम्मा गरेर राखेको पत्कर मैले लिएर गएको निम्ठो डोकोमा हालेर खुट्टाले खांदेर भर्थें र आमालाई देखाउथें ,उहा खुसी हुनु हुन्थ्यो, तर मैले गरेको झेली उहाले थाहा पाउनुहुन्न थियो। म मख्ख पर्थें।

०६१ साल बैशाख १० गते बुवाको बर्खान्त सकेपछि म सिन्धुपाल्चोक छाडेर काठमाडौं अनि काठमाडौंबाट म्याग्दी,मुस्ताङ तिर काम गर्न जान थालें। माओवादी योद्धा भने पछी आफन्त भन्दा प्यारो लाग्थ्यो। म्याग्दी मुस्ताङ इन्चार्ज तत्कालीन समयमा पदम बहादुर पुन कमरेड फिल्टर हुनु हुन्थ्यो,कमरेड फिल्टर लगायत घाराका कमरेड रुपक,कमरेड सुशीलहरुसग म्याग्दीमा मेरो भेट भयो।

म त्याहाँ काठमाडौंको आरोग्य आश्रम बाट डाक्टर प्रमोदकुमार गौतम,डाक्टर सुवोध सिंखडा र अकुपन्चरिष्ट एलिजा बस्नेत द्वारा ६ महिने अक्युप्रेसर तालिम मामा शिवहरी खतिवडाको सहयोगमा लिएर पर्यटनमा काम गर्न गएको बखत म्याग्दीको पुनहिल ३२१०मीटर (लुङ्टुङ्गे डांडा) नजिकैको गाउँ घोरेपानीमा बस्थें। अक्युप्रेसर सेशन गरे बापत १ घन्टामा २०४ कमाउथें।नेपाली रुपैयाँ १४८० हुन्थ्यो,भने २०५ कमिशन होटललाई दिने गर्थें एक सिजनको १० हजार स्थानिय गाउँ कर पनि तिर्थें।


लक्ष्मण चौलागाईं

कमरेड हरु पुनहिलमा विदेशी सग माओवादी कर प्रती पर्यटक १५४ उठाउनु हुन्थ्यो,सबै माओवादी देखि डराउथे। म चाहिँ माओवादी छापामारहरुको बेस्ट फ्रेन्ड जस्तै थिएं। बर्गीय मायाले मलाई माओवादी कमरेडहरुसग नजिकै बनाएको थियो। कहिले काही विदेशीहरुसग प्राथमिक उपचारका लागि उनीहरुले लिएर हिड्ने गरेका first-aid औषधीहरु पनि माग्ने गर्थें,अनि कमरेडहरु भेट हुदा दिएर पठाउथें,युद्दकालमा भेटेका कमरेडहरु अहिले को कहाँ हुनुहुन्छ थाहा छैन तर रुपक कमरेड अहिले पनि घारामा हुनुहुन्छ भन्ने कुरा तीन वर्ष पहिला म्याग्दी जाने क्रममा सुनेको थिएं । तर बाटो उता जाने नपरेकोले भेट्न सकिन यस्तै क्रममा विगतहरुको सस्मरण गर्दैछु।

एक पटक कास्कीको घान्द्रुक स्थित मनिषा होटलमा मेरा साथी हेम थापालाई भेट्न गएको थिएं,उता बाट घुमेर म्याग्दी वापस हुदा घोरेपानीमा सेनाको सर्च अपरेसन टोलि आइ पुगेको रहेछ।म चाहिँ कालो हाफ पेन्ट र गोटिवाल गोल्ड स्टार जुत्ता लगाएर सन्नी होटलको आगन कटेर धौलागिरी लज जाँदै गर्दा पुनहिल प्राविको नजिकै के पुग्दै थिएं एउटा पुलिस हातमा पेस्तोल तेर्साउदै माओवादी आतंककारी आयो ठोक भन्दै म माथी आइलाग्न आइ पुग्यो। कारण उनिहरु त्याहा आइपुग्ने बितिकै बिदेशीसग माओवादी कर उठाउन बसेका कमरेडहरु भाग्दै गरेको बेला परेछ।

मलाई पनि भुमिगत माओवादी ठानेर ठोक भन्दै पुलिस मलाई झम्टन आइ पुग्दा भाग्यवश स्थानिय होटलका साहुजी ॐ नारायण सेर्पुजा पुनले देख्नुभएछ र पुलिसलाई दुई हात जोड्दै यी भाइ माओवादी होइनन मेरो होटलमा क्लिनिक चलाउने भाइ हुन सर भनेर मारिन आटेको मलाई बचाइ दिनु भयो। र म पड्किन लागेको पेस्तोल बाट बचें। सर्वसाधारण र नौलो मान्छेलाई नया ठाउमा बाचेर हिड्न गार्हो थियो।युद्धकालको ज्यादती सम्झिदा अहिले पनि आङ जिरिङ्ग हुन्छ।

त्यस पछी म होटलमा पुगें,सेना र पुलिसको फौज गनि साध्य थिएनन। होटलको डाइनिङ तिर गएको त एकजना माओवादी छापामार भाइ र अर्कि बहिनी जसलाई म दिनहु जसो भेट्थें, उनिहरुलाई बाधेर राखेको रहेछ र ती नरभक्षी राक्षसहरु खाना अर्डर गरेर बसेका रहेछन्। फ्रेन्च कट दारी पालेको एउटा लम्बु मेजरले म सग प्रश्न सोध्न थाल्यो। कारण मङोलियन अनुहार भएको गाउमा उसले म आर्यन मुहार देखेपछी शंका गरेछ।सोध्यो घर कहाँ होरुसिन्धुपाल्चोक हो सर भनें।अनि फेरि सोध्यो यिनिहरुलाई चिन्छौ रुजसलाई बाधेर राखेको थियो अनि मैले भने खै मैले त पहिलो पटक देखें भनेर भनें।

अनि फेरि सोध्यो ढाट्छस ? किन ढाट्ने नि सर म यहि होटलमा काम गर्छु ,नपत्याए साहुजीलाई सोध्नुस। ती दुई भाइ र बहिनीको अवस्था देखे पछी हिजो अस्ति गरेका भलाकुसारीहरुले होला उनिहरुको मुहार तिर हेर्न मेरो आखाले सकि रहेको थिएन।म किचन तिर गएं केही काम हेल्प गरेको जस्तो गरें तर म किचन हेल्पर थिइन।

उसका प्रश्नहरुले मलाई असहज बनाउदै थियो।धन्न त्यति नै बेला ॐनारायण अङ्कलले लक्ष्मण चिया बनाउ त भन्नु भयो अनि त्यो मेजरले नि सोच्यो कि यो यहाँको कामदार नै हो रहेछ,अनि उसलाई मैले ब्यस्त भएको जस्तो नाटक गरें। शाही हत्यारो सरकारको रक्त पिपासु भाडाका टट्टुहरुले खाना खाए अनि ती दुई उनिहरुको कब्जामा रहेका लडाकुहरुलाई हात बाधेर लिएर गयो।त्यो दिन उनिहरुको अवस्थाले मन अत्यन्तै रोयो।

अत्याचारको सिमा नाघ्दै गरेको अनुभूति हुँदै थियो।स्थानीयले मलाई धेरै माया गर्थे म पनि स्थनियलाई अत्यन्तै सम्मान गर्थें। घोरेपानी मेरो कर्म क्षेत्र बनि सकेको थियो र आफ्नै गाउँ जस्तै ,आज पनि म घोरेपानी,तातोपानी र कागबेनी गएं भने ती ठाउहरु आफ्नै जन्मस्थल जस्तो,त्यहाका मगर र थकालीहरु आफ्नै दाजु भाइ जस्तो ब्यावहार गर्छन र बेलाबखत म अझैपनी एक्लै भए पनि घुम्न जाने गरेको छु।

डिसेम्बर पछि सिजन अफ हुन लागेकोले ८ डिसेम्बरको दिन विदेशिहरुलाई घोरेपानीमा छाडेर हेलिकप्टर रित्तै पोखरा फर्किन लागेको सुनें अनि होटलका साहुजीलाई भनें ,म पनि जान मिल्ने भए भन्दिनुस न पाइलटलाई है अङ्कल, म अब घर जान्छु भनें। ॐ नारायण अङ्कलले चिनेको पाइलट रहेछन ,पाइलटले हुन्छ पठाइ दिनुस न भनेछन् अनि म आफ्नो ब्याक्प्याक हतार हतार बोकेर अर्को सिजन मार्चमा आउछु भनेर डाइनास्टी हेलिकप्टर चढेर पोखरा फर्कें। बल्ल ज्यान बग्रीएको अनुभूति भो। छवि पौडेलको धर्म इन होटल गौरिघाटमा एक रात बसेर म भोलिपल्ट काठमाडौं फर्कें। बाटोमा तिन चार ठाउमा झोला ,शरीर सबै चेक हुन्थ्यो र बल्ल काठमाडौं आइ पुगिन्थ्यो।

विदेशी डलर,युरो,पाउन्ड्स्टर्लिङ हामिले बोक्दा धेरै केरकार हुने भएकोले मोजा भित्र राखेर जुत्ता भित्र लुकाएर आउने जाने गर्थें। काठमाडौं आएको तीन चार दिन भएको थियो।ॐ नारायण अङ्कलको पोखरा अर्चल बोट नीर घरको ल्यान्डलाइन नम्बरमा फोन गरें,उहाको छोरा दिपक पुनले फोन उठाए। दिपक ,बुवा पोखरा आउनुभयो कि म्याग्दीमा नै हुनुहुन्छ भनेको त बुवा हिजो आइ पुग्नु भयो दाइ भन्यो।अनि के छ नया खबर भनेको त अस्ति माओवादी पक्रेर ल्याउने मेजर थियो नि त्यो त एम्बुसमा परेर मरेछ नि दाइ भन्यो। अनि खुसिको खबर सुन्न पाइयो भनेर फोन काटि दिएं।

तत्कालीन जनयुद्धको समय जति चरमता बढ्दै थियो दुश्मन पनि धरापमा पर्दै गरेको खबरले पिडादायी घटनाहरुले राहत पाएको अनुभूति हुन्थ्यो। जनयुद्धलाई सम्झिदा आज पनि आङ जिरिङ्ग हुन्छ। खसि बोका मारे जस्तो मान्छे मारिन्थे। मुलुकको इतिहास फेर्न हिडेका योद्धाहरुको जीवन र मृत्युले आज त्यो विगत झलझल्ती सम्झाउछ र आजको नव अवसरवादका ठुला कुरा सुन्दा आक्रोश पैदा हुन्छ।

हिजोका योद्दाहरुको विरताले नै आजको युगको सुत्रपात भयो तर आज योद्दाहरुको सहि सम्मान नहुदा कताकता ती इतिहासहरुले दुखाउने गर्दछन। युद्धकालका घाइतेहरु बेलाबखत भेट्छु ,शरिरमा गोलिका छ। अझै पनि बिजि रहेका मर्महरु उनिहरुले बताइ रहदा कतिले त घाइतेको परिचयपत्र समेत नपाएको सुन्दा राज्यको ढुकुटीबाट रकम निकालेर महँगो उपचार गर्ने राजनितिका ठेकेदारहरुको धर्तिभार जीवन समाप्त भैदिए राज्यको ढुकुटीको पैसा बचत त हुन्थ्यो भनेर धिक्कार्न मन लाग्छ। हिजो देखाइएका परिवर्तनका सपनाहरूलाई आज अर्कैले उपयोग गरेर मस्त रमाइरहेको देख्दा तिनै डोरीले बाधेर सेनाले लिएर हिडेका योद्धाहरुको बृत्त चित्रले यो मस्तिष्क भर्ने गर्दछ भने इतिहासको सस्मरणले अहिले पनि मुटु भत्भती पोलि रहेको अनुभुती हुन्छ।

स्मृतिमा सदैव छाइरहने तस्वीरहरु जसले त्यो कहाली लाग्दो नृशंसपूर्ण विगत सम्झाइ रहन्छन।विर्सिन खोजे पनि जिउदै पुरिएका योद्धाहरु,बन्दुकका संगीनहरुले घोचिघोची, तड्पाई तड्पाई,पासविक यातना द्वारा मारिएका र यातनागृहबाट नै बेपत्ता पारिएका ती महामानवहरुका हत्याराहरुलाई आजको युगमा आइपुगेर पनि नेतृत्व तहले भुलिदिएका सत्यहरुले मन छियाछिया बनाउछ भने ती दिनहरु सम्झिदा अहिले पनि आङ सिरिङ्ग हुने गर्दछ।

२०५२ देखि ०६२ सालसम्मका ति एक दशकका ऐतिहासिक विरताहरुलाई बेवास्ता गर्दै नेतृत्व तहले परवाह नगरिदिएका सत्यहरु चरम कमजोरीका उदाहरणहरु हुन जस्तो लाग्छ।आज तिनै वेवास्ता र कमजोरीहरुले नेपाली राजनितीमा असन्तुष्टिका काला बादलहरु मडारी रहेका छन भने तिक्तताहरुले बदलिएको व्यवस्थालाई खुलेआम समर्थन र प्रत्याभुती गर्न रुचाइ रहेका छैनन।

हजारौं सहिद र महान योद्धाहरुका जननी आमाहरुले यो मुलुकमा परिवर्तन ल्याइदिने सन्तानहरु त जन्माइदिए तर विडम्बना नै भन्नुपर्छ ती महान सन्तानहरुको आज उचित कदर त परकै कुरा तिनै आमाहरुको समेत नया राज्यव्यवस्थाले उचित सम्मान र सम्बोधन गर्न सकेन ।जनतालाई आश्वासनका पोकाहरु देखाउदै अर्बौंका बिटाहरु कुम्ल्याउनेहरुको राजनितीक विरासत हावी भयो बरु अन्त्य हुन सकेन।

हिजोका कहालीलाग्दा इतिहासहरु सम्झिदा आज पनि पूजिवादको दाहसंस्कार हुन सकेन र त मुलुकले स्थायी सत्ताको निमित्त प्रतिगामी शक्तिसग लम्पसार पर्न बाध्य परिस्थिति जन्म्यो र सत्तालिप्साको रोदनहरु प्रकट हुन थाले,जनताका च्यात्तिएका मनहरु झन्झन् फाट्न थाले।
मैना सुनुवारहरुका बाक्सामा बन्द अस्थिपन्जरहरुलाई जल्न पाउने अधिकार यो राज्यले दिन सकेन भने समान कानुनको कार्यान्वयन र घोषणा हुन सकेन,जहाँ दुई तिहाइका दर्जनरुपि बहानाहरु थापिन थाले। आज सहिदका अपेक्षाहरु यथार्थमा उद्घाटन हुन सकेन र जनविश्वासहरु निराशाका बादलहरु बन्दै उडिरहन विवश परिस्थिती पो जन्म्यो।

यो मुलुकको सत्ता र नया नेपालका ठेकेदारहरुले कृष्ण सेन,दिलबहादुर रम्तेल,गोविन्द घले,भरत ढुङ्गाना,रितबहादुर खड्का,यानप्रसाद गौतम,पद्मप्रसाद चौलागाईं ,स्वतन्त्र चौलागाइ,रमेश चौलागाईं ,चतुरमान वाइवा (अनिस) ,तिर्थिमाया वाइवा (चेतना) ,छायादेवी चौलागाईं (सावित्री),गणेश सिग्देल (सत्कार) अविरल,डम्बर श्रेष्ठ च्याङ्वा लामा,निर्मला देवकोटा,आस्था खतिवडा लगायत ज्ञात अज्ञात महान ती १७००० वीर सहिद र बेपत्ताहरुको वीरताको उचित कदर र सम्मान गर्न जानेन र पुन : बयल गाडे ,किलोसेरा टु र परिवर्तनको हत्या प्रयास गर्न अथक प्रयास गर्ने कमल थापाहरुको मर्म र सम्बोधनलाई सम्मान गरे झैं राज्यसत्ताको कुर्सीमा पुर्याइ जनयुद्धका महान वीरहरुको योगदान र बलिदानीलाई अपमान गर्न नचुक्नाकै कारण यो मुलुकले स्थिर राजनीति र दिर्घकालीन जनसत्ता स्थापित गर्न सकेन।

इतिहासमा वीरताका साथ लडेर अजर र अमर ती महान योद्धाहरुलाई राज्यले सच्चा श्रध्दान्जली दिन नसके पनि हामी ती महान सहिदहरुका डोबहरुलाई कहिल्यै पच्छ्याउन छाड्ने छैनौ र महान उपलब्धिलाई कू गर्न खोज्ने कुनै पनि राजनितीक हर्कत सग कदापी सम्झौता गर्ने छैनौं।इतिहासले कहिल्यै भुल्न नसक्ने ती महान सहिदरुलाई भावपूर्ण श्रध्दान्जली र बेपत्ताहरुको उच्च सम्मान गर्दै घाइते,अपाङ्ग योद्दाहरुलाई लाखलाख सलाम गर्न हाम्रो भावना र विचारले कदापी छाड्ने छैन।

युद्दकाल र युद्धकालपछी क्यान्टोनमेन्टमा मेरो भाइ क।प्रसन्न लगायतका कमरेडहरु जनयुद्धले मुलुक हल्लि रहेको बेला ,नारायणहिटी दरवारमा तत्कालीन राजा ज्ञानेन्द्रको समेत सातो हंस लिदै जनयुद्धमा हजारौंको सहादत भइ रहेको र युद्ध विजयस्तरमा पुग्दै गरेको खबर रेडियोले फुकि रहेको बेला विक्रम संवत २०६० साल पौष ७ गते राती पौने १ बजे मेरो घर सिन्धुपाल्चोक जिल्ला,भोटेचौर गाविस स्थित पाटिगाउं (पिपलबोट) को घरमा अचानक कसैले ढोका ढक्ढक्यायो।बाहिरबाट आवाज आयो “आमा,ढोका खोल्नुस त”- यति राती को हो ढोका खोल्नु भन्ने? मेरो आमाको प्रश्न मुखबाट निस्किदै गर्दा”हामी जनमुक्ती सेनाका राता सिपाही आमा”स ढोका खोल्नुस त११ आमाले जब ढोका खोल्नु भयो १०/१२ जनाको नकावधारी समुह ग्वारग्वार्ती घर भित्र पस्यो।

मुख पुरै कालो कपडाले ढाकिएको ,आखा मात्र देखिने गरि त्यो कालो कपडा बाँधेका, कहिले पनि नदेखेका जनमुक्ती सेनाले प्रश्न गर्न थाले,मेरि आमालाइ” केदार कमरेड खै?” हजुरहरु सगै गएको थियो,खै आएको छैन घरमा।” आमाले सेतो कपडा लगाउनु भएको थियो। बा स्वर्गिय हुनु भएको ७ महिना भएको थियो।”उसको बुवा बित्दा क्रीया गर्न त आएन,बरु उसलाई काजकिरिया गर्न मात्रै भए नि पठाइदिनुस न बाबु, आमाले रिक्वेष्ट गर्नु भएछ। हैन नि आमा हामी युद्धमा छौं ,अनि हामी माओवादी काजकिरिया र यस्ता रुढीबादी कर्म गर्दैनौं।

बरु भन्नुस घरमा को को हुनु हुन्छ ? केदार कमरेड सग सम्पर्क नभएको धेरै भयो, अनि हामी भेट्न पाउछौं कि भनेर आएको। आमाले भन्नु भएछ,जेठो छोरो र छोरी चोटां सुतिछन। भुइँ तल्लामा मेरो आमा,सानी ३१ महीनाकि छोरी बिनिता र ३ महिनाको मेरो छोरा बिबेक अनि जीवनसाथी सुति रहेका थिए।अनि नकावधारीको जत्था चोटा तिर उक्लिएछ। मैले बत्ती न निभाइ सुतेको थिएं।

हामिले बालेको बत्तिको र भुमिको करले सरकार बलियो हुने हो र हामिलाइ नै मार्ने त हो नि भनेर बत्ती ननिभाइ सुतेको थिए। कामरेड बिलबहादुर रायमाझी (अशोक), भरत थापा “संकल्प”,मधु भन्डारी “पद्म”,रोहिणी बिक “तस्वीर”हरुले बिद्युत प्राधिकरणलाइ बत्तीको लाइन नकाट्न र बिद्युतको महसुल न उठाउन नेपाल बिद्युत प्राधिकरणलाइ दबाब दिनु भएको थियो।अनि म त बत्ती दिनमा पनि बालि रहन्थें।

सरकारलाइ घाटा होस र सरकार कमजोर होसको कामना गरि रहन्थें। त्यति बेला कामरेड प्रचण्ड,लालध्वज लगायतका नेतृत्वको टाउकाको मुल्य रु.पचास लाख (रु ५०,००००००) तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले तोकेको समय थियो। आत्मा समर्पण गरे माओवादी आतंककारीलाइ क्षमा दिने देउवारुपि सरकारको ढ्वाङ रेडियोले फुकि रहेको थियो।

आत्मा समर्पण नगर्नेलाइ भेट्ने बित्तिकै गोलि ठोक्ने देउवाको शाही छत्रछायामा कमान्डिङ चलि रहेको थियो। अनि मैले एउटा आलेख लेख्दै थिए,”आत्मा समर्पण माओवादीले सरकार समक्ष गर्ने होइन,राजा ज्ञानेन्द्रले जनता समक्ष गर्नु पर्दछ” शिर्षक दिइएर सेतो फुलिस्केपमा झन्डै आधा पेज लेखेको थिएं। अनि त्यो कागजलाइ राडिको पत्र भित्र राखेर म निदाएछु।

विहान भोटेचौरको खाल्डे भन्ने ठाउँमा स्व. दाजु गोविन्द प्रसाद चौलागाईंको घरमा म ८/१० जना बच्चाहरुलाइ पिडिमा बिहानी कक्षा पढाउथे भने दिउसो सिन्धुकोट स्थित भुमिबहादुर लुइँटेल को घरमा ग्रीन गार्डेन कम्युनिटी बोर्डिङ स्कूल थियो,त्यो स्कुलमा म प्रीन्सिपल थिएं। लामो हिडाइ दिन भरको थकाइले म मस्त निन्द्रामा सुति रहेको थिएं। निन्द्रामै कोल्टो फेरेछु,म ब्युझिएं। बत्ती बालेरै सुतेकोले मुल कोठाको ढोका बाहिर हामिले लगाउने जस्तै कपडा लगाएको,मुखमा नकाव भिरेको,बेल्जियम बाट आयातित बाहिरैबाट गोलि देखिने हतियार बोकेर एउटा मान्छे आँखा पनि नझिम्काइ बोल्द पनि नबोली मलाइ एक टकले हेरि रहेको दृश्य देख्दा म पहिला आत्तिए अनि आफुलाइ सम्हाल्दै जुरुक्क उठें अनि मैले आफैंले मुख खोलें,”हजुरहरु कहाँबाट आउनुभयो,किन आउनु भयो यति रातीरुउसले जबाफ दियो,तपाइ केदार कमरेड हो? मैले भने म केदारको दाइ चाहि हो।

हामी नुवाकोटबाट आएका जनमुक्ति सेनाका राता सिपाही हौं। केदार कमरेडका साथी।मैले ए ए भनें तर मैले चाल पाएं कि त्यस्ता अत्याधुनिक जस्ता देखिने हतियार त माओवादी संग छैन अनि मेरो भाइको नाम केदार भनेर कामरेडहरुले जान्नु हुन्न थियो ,उसको भुमिगत नाम प्रसन्न थियो।म सजग भए। उनिहरु ४ जना जति उस्तै उस्तै प्रकृतिका पोशाकमा भित्र पसे। अनि मलाइ सोधे,कमरेड ! म कमरेड होईन । उनिहरुको प्रश्न एकपछी अर्को आउन थाल्यो ,किन तपाईं कमरेड होईन रुभाइ युद्ध मैदानमा छ,दाइ चाही घरमा बस्नेरु मैले जबाफ दिएं,”भाइलाइ गुलियो मन पर्छ,मलाइ अमिलो मन पर्छ।

आ-आफ्नो बिचार हो नि सर। त्यस पछि फेरी सोधे केदार कमरेड कहाँ हुनुहुन्छ रुधेरै भयो भेटघाट पनि छैन? मलाइ के थाहा,माओवादीहरु कहाँ बस्छन्,के गर्छन,बुवा बित्नु भएको ७ महिना भइ सक्यो,भाइ बा को काजकिरिया गर्न पनि आएन,मलाइ थाहा छैन। बरु भेट्नु भयो भने किरिया गर्नलाइ पठाइ दिनुस है? त्यसो होईन कमरेड हामिचाही सबै त्याग गरेर क्रान्तिमा होमिएका छौं,तपाइचाही घरमा बस्ने? तपाइँ पनि भुमिगत हुनु पर्यो कमरेड। मैले मेरो समस्या बताएं,बा को मृत्युले शोकमा डुबेको मेरो परिवारमा मेरो जिम्मेवारी छ। म भुमिगत हुन सक्दिन। मैले अहिलेसम्म चरा त मारेको छैन,म माछामासु त खादिन। भो म आफ्नो काम गर्छु। मेरो पेशा टिचिङ हो। त्यसैले मेरो घर खेती चलेको छ। नाइँ म भुमिगत हुन्न।

त्यस पछी उनिहरुले केदारको फोटो मागे। मैले छैन भने। अनि म निश्चित भएं कि यिनिहरु कनफर्म शाही सेना हुन। मैले सावधानी अपनाउदै,फोटो छैन भने। म फोटो दिन्न। त्यो बालक भाइ लगायत अरु कमरेड हरुलाइ मार्न दिन्न,बरु म मर्न तयार हुन्छु भन्ने आत्म निर्णय गरें। सेनाले पुरै सर्च गर्यो। त्यो मैले लेखेको आलेख भेट्टायो भने म पक्कै मारिएं अब। ज्यानको माया क्रमशः हरायो। उनिहरुले खाटको गोडामुनि बाट फोटोको एल्बम निकाले। मेरो सातो उड्यो।जिउ तातो भयो। अब मैले गोलि खानु पर्ने भयो। त्यो फोटो एल्बम मेरो बिहेको फोटो एल्बम थियो। एल्बममा भाइको फोटो पनि थियो।

कति बेला भाइ मारिने हो भनेर उ घरमा आएको बेला सम्झनाका लागी लिइएर राखेको फोटो त्यही एलबममा थियो,त्यो पनि १४ वर्षको फुच्चेले लालसलाम ठोकेको फोटो। सेनाले सोध्यो ,यो को होरुमेरो भाइ। अनि पहिला किन फोटो छैन भनेर ढांटेको भनेर एउटाले पेस्तोल मेरो कंचटमा गाडेर ठेक्यो,कन्ट्याक्ट् नम्बर दिनुस भाइको। त्यति बेला अहिले जस्तो मोबाइलको प्रविधिको त्यती बिकास भएको थिएन। अनि म सग केहि छैन भनें। अर्कोले अर्को पेस्तोल निकालेर अर्को पटि कंचटमा तेर्सायो र सोध्यो।

”बाच्नु मन छ कि छैन?” मैले भनें हजुरको इच्छा ।त्यहाँ मेरो बिन्तिले काम गर्दैनथ्यो। त्यसपछी आमालाइ बोलायो र भन्यो,” तपाइको छोरांसग अन्तिम कुरा केहि छ भने भन्नुस,अब तपाईंको छोरो अब मारिन्छ। आमा अचेत जस्तै हुनु भयो। अनि मलाइ सेनाले कपडा लगाउनुस भन्यो। ठाने कि मैले नाइँ नास्ती र केहि अनुनय बिनय गरेर ढिलाइ गरें भने यिनिहरुले मलाइ कुटपिट गर्छन अनि आवेगमा आएर मलाइ यहि घर भित्रै मार्छन। बरु मारे पनि घर बाहिर नै मारुन।

अनि मैले हतपत्त कपडा लगाएं। पुषको जाडो पातलो हाइनेक लगाएं,छिन्न आटेको हात्तीछाप चप्पल लगाएं। अनि म चोटाबाट भुइतल्ला तिर झरें। सेनाले मेरी बहिनी राधिका लाइ पनि हिंड्नुस भन्दै थियो। सर,जे गर्नुहुन्छ मलाइ गर्नुस्। मेरि बहिनिलाइ छाडिदिनुस प्लिज भनें। सेनाको जंगी कमान्डोले पहिला त मानिरहेको थिएन,मेरो रिक्वेष्ट पछि छोडि दियो।

आमाको होस नै थिएन। म आएं आमा अब म बांचे भन्दै सुत्न गंए।अनि म चोटामा गएर सुतें।निन्द्रा लागेन। कति बेला मिर्मिरे उज्यालो होला र भाइलाइ सम्पर्क गर्नु भैरह्यो।बिहान पाचै बजे उठें र दौडिदै गएर सिन्धुकोट स्थित रामबाबु नेपालको कर्ड्लेस फोनबाट भाइलाइ सम्पर्क गरें।उ बिमारी भएर काठमाडौं गएको थियो उपचारको क्रममा ,नुवाकोटको खरानिटार बाट। अनि तिन्चुली स्थित पेमा टि शेर्पा (कलाकार) जो मेरा मामा शिवहरी खतिवडाका साथी हुनुहुन्छ। त्यहाँ उसलाइ इन्फोर्म गरें,सेनाले तेरो फोटो लिएर तलाइ खोज्दै आउदैछ। साथिहरुको सम्पर्कमा जा भनेर इन्फोर्म गरें। अत्यन्तै डर लागेको थियो।

१० ब्यान्डको रेडियोले फोनमा बोलेको सबै टिप्थ्यो। भाग्यवश कसैले थाहा पाएनन् ।भाइ पार्टीको सम्पर्कमा गयो। यसरी युद्धकालमा एउटा भयंकर घटना हुन बाट त बचियो तर हाम्रो मुलुकमा अत्यन्तै भयानक विवत्सापुर्ण कथाहरु बोकेर अभिव्यक्त नभएका आङ नै जिरिङग हुने खालका कारुणिक र हृदयस्पर्शी घटनाहरु वस्ती र कुनाकन्दरामा हजारौं छन्। जुन लुकेर बसेका सत्य हुन्।यिनै र यस्तै खाले भयानक पिडाहारुको सम्बोधनका लागी टुट्फुट्को परिस्थिति अन्त्य होस।जनताका महान सपनाका अभियन्ताहरुको एकताले मात्र सहिद,शोषित,पीडित ,उत्पीडित र समग्र देशवासिको कल्याण हुने छ।

प्रतिकृया लेख्नुहोस्: