आश्विन २९ गते, २०७६

CMC को आन्दोलन र मेडिकल शिक्षा

पटक हेरिएको

नेपालको शिक्षा क्षेत्रमा तमाम खालका वेतिथिहरुले जरा गाडि रहेको तितो यथार्थ हाम्रो सामु छर्लङ्ग छ। आज यि वेतिथिहरुको अन्त्य गर्दै शिक्षा जो समाज र राष्टको आवश्यककतालाई पुरा गर्ने योग्य र दक्ष जनशक्ति उत्पादन गर्ने साधन वनाउनु हरेक तहका सरकारहरु र सरोकारवालाहरु सबैको दायित्व हो।

यति वेला नेपाली विद्यार्थी आन्दोलन राजनैतिक आन्दोलनको संवाहक मात्र नभई मूलतः शैक्षिक रुपान्तरणका लागि नेपालको विश्वविद्यालय शिक्षा ,चिकित्सा शिक्षा ,प्राविधिक शिक्षा लगाएत शिक्षाका हरेक क्षेत्रमा आफ्नो सशक्त नेतृत्व सहित शिक्षा क्षेत्रको वेतिथि,भ्रष्टाचार,मनपरि र लुटतन्त्र लगाएतका तमाम समस्याहरुको समाधानको सारथि वन्दै आई रहेको छ।

पछिल्लो समय नेपालको मेडिकल शिक्षाको क्षेत्रमा भइ रहेको मन परी शुल्क असुलीका विरुद्ध लामो समय सम्म साविक अखिल (क्रान्तिकारी) र अनेरास्ववियु हाल एकता पछिको अनेरास्ववियूले नेपाल सरकार,शिक्षा मन्त्रालय ,त्रिभुवन विश्वविद्यालय IOM लगायतका संस्थाहरुमा दवाव मुलक आवश्यक आन्दोलनका विभिन्न स्वरुपहरु डेलिगेशन,धर्ना,घेराउ ,वार्ता र छलफलका माध्यामले मेडिकल शिक्षाका नाममा जहाँ देश भरी १८ वटा मेडिकल कलेजहरु छन् ।

कलेज पिच्छे फरक फरक मापडण्ड देखाइ मन परि शुल्क असुलि गर्ने मन परितन्त्र व्याप्त थियो। मेडिकल शिक्षा नेपालको सापेक्षतामा निम्न आयस्रोत भएका जनताका छोराछोरीले अध्ययन गर्न पाउने सहज वातावरण र सहज विधि पद्धती पनि थिएन । यि यावत समस्याहरुलाई समाधानका लागि विद्यार्थी संगठनहरुले लिएको अडान र नेतृत्वका कारण (Academice year 2074/075(2017) वाट लागु हुने गरि Tution fee structure MBBS programme को लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान डिनको कार्यालयको निर्णय वमोजिम एकरुप शुल्क निर्धारण गरियको थियो।

विदेशी विद्यार्थीहरुका लागि पनि दुइटा मापदण्ड निर्धारण गरि सार्क राष्टहरुलाई US$-66.779 र Out of SAARC राष्टहरुलाई US$-80,136 फि सिलिङ तोकिएको छ। अन्य सम्वन्धन प्राप्त कलेजहरुलाई काठमाडौं भ्यालि भित्र र वाहिरको दुइवटा मापदण्ड तय गरि भ्यालिमा जहाँ साधनस्रोतको सुविधा छ र भ्यालि वाहिर व्यवस्थापनका केहि कठिनाइहरु रहन्छन् भन्ने विषयको समेत ख्याल गरि दुइ थरिको शुल्क निर्धारण गरिएको छ।

भ्यालि भित्रका कलेजहरुमा रु. ३८,५०,०००-(अठ्तिस लाख पचास हजार) र भ्यालि वाहिरका कलेजहरुका लागि रु.४२,४५,०००-(वयालिस लाख पैतालिस हजार) जो नेपाली विधार्थिहरुका लागि निर्धारण गरियको हो भने विदेशि विद्यार्थीहरुका लागि IOM को सापेक्षतामा केहि सहज प्रावधान राखि वढी शुल्क लिन समेत वाटो खुल्ला गरिएको छ। जसमा भनिएको छ सम्वन्धित सम्वन्धन प्राप्त मेडिकल कलेजको निर्णय नै मान्य हुने छ।

यो निर्णय नेपाल सरकार प्रधानमन्त्री कार्यालय ,शिक्षा मन्त्रालय ,त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संथान डिन कार्यालयको आधिकारिक निर्णय हो। विगत लामो समय देखि उठाएका ऐजेण्डाहरु Center intrance,Center admission र एकिकृत शुल्कको लागि मेडिकल शिक्षा क्षेत्रमा गरिएका आन्दोलनका उपलब्धि हुन भन्ने कुरा सगर्व भन्न सक्छौ। नागरिकको आम सरोकारको सवाल राज्यको आधिकारिक निर्णय कार्यान्वयन गर्न र गराउनु सरोकारवाला निकायको दायित्व हो ।

के छ पछिल्लो अवस्था

नेपालको मेडिकल शिक्षा अन्य देशहरुको तुलनामा गुस्तरिय र भर पर्दो छ । विश्व समुदायका लागि यो आकर्षणको केन्द्र वनेको छ। यसले नेपाल र नेपालीको गौरव वढाइ रहेको छ । नेपालमा मेडिकल शिक्षाको अध्ययन विद्यार्थीहरुको लागि शानको विषय वनेको छ। यो निकै प्रशंसनीय पक्ष हो । तर विगतमा मनपरि शुल्क असुली र वर्तमानमा अवैधानिक शुल्क असुली नागरिकको चाहाना र सरकारी निर्णयको वर्खिलापमा छ।

यो जानाजान लुट र ठगि हो भन्ने कुरा प्रमाणित भएको छ । यति वेला यहि विषयले सवैको ध्यान केन्द्रित गरेकोछ। जव चिकित्सा शिक्षा अध्ययन संस्थान डिन कार्यालयले विभिन्न सरोकारवाला निकायहरुसंग आवश्यक परामर्श गरि औपचारिक निर्णय गर्यो त्यहि दिन देखि निजी मेडिकल कलेजहरुले उक्त निर्णयलाइ कार्यान्वयन गर्नुको साटो रद्दीको टोकरीमा फाले।

पछिल्लो समय गण्डकि मेडिकल कलेजको आन्दोलन पश्चात् सरकारले नै निर्देशन जारि गरि निजी मेडिकल कलेजहरुले तोकेको भन्दा वढी शुल्क एक महिना भित्र फिर्ता गर्न र निजी कलेजको संङलग्नतामा शुल्क फिर्ताको अनुगमन गर्न ,विश्वविधालय, मेडिकल काउन्सिल र कलेजहरुलाइ समेत निर्देशन गरेको छ। तर नियमकारि निकाय मौन छ। कलेजहरु विभिन्न शिर्षकमा अवैधानिक शुल्क मनपरिरुपमा असुली रहेको अवस्था छ।

विडम्वना निजी कलेज संचालकहरुको यति सम्म जिकिर छ कि डिन कार्यालयले तोकेको भन्दा वढी शुल्क नलिनु भन्ने निर्देशन भएको छैन र आवश्यक शिर्षक पनि तोकिएको छैन ।यस्ता लाचार र गैरजिम्वेवार तर्क गरेर सरकारको निर्णय विभिन्न समयका निर्देशन र विधार्थि आन्दोलन संग भए गरेका सहमतिहरुको खुल्ला अवज्ञा गरि रहेका छन् र नाङगो दादागिरी देखाइ रहेका छन् । यस खालको वेतिथिका विरुद्वमा समयमै सम्पूर्ण सरोकारवालाहरु एकजुट भइ वैधानिक लडाइँ लड्नु पर्ने अवस्था सिर्जना भएको छ । विद्यार्थीहरु जो नियमित कलेजको विद्यार्थी छन् उनिहरुलाइ नियमित पठनपाठनको वाध्यता एका तिर छदै छ भने अर्को तिर आफुलाइ तिर्न वाध्य पारियको अवैधानिक शुल्कले अन्यायमा परि रहेका छन् ।

जसका कारण अवैधानिक शुल्कको विरोध गर्न खोज्दा विद्यार्थीहरुलाई केहि प्रतिशत छुटको प्रलोभन ,होस्टेलको सेवा सुविधामा कटौती ,परिक्षामा फेल गरि दिने धम्कि , विभिन्न प्रयायोजित आरोपहरु श्रृजना गरि प्रहरी प्रशासनको त्रास र अनुशासनको अंकुस लगाएर विद्यार्थीहरुलाइ चुप हुन वाध्य पारिन्छ। जसका कारण घरघडेरी विक्रि गरि मेडिकल शिक्षाको सपना साकार पार्न अध्ययनरत विधार्थिहरु प्रायः अवैधानिक रुपमा लिएको शुल्क फिर्ताका लागि यतिका जोखिम मोल्नु भन्दा आफ्नो नियमित पठनपाठनका लागि चुपचाप सम्झौता गरि रहेका छन् ।

दोस्रो थरि विद्यार्थीहरु यसरी मेडिकल कलेजको खुल्लमखुल्ला लुटतन्त्र भोग्नु पर्दा र जानाजान अनाहकमा आफु लुटिनु पर्दा सरकारको नियमनकारी नियकायको लाचारिपन प्रति गुनासो गर्छन् तर लुटतन्त्रका विरुद्वमा विद्रोह गर्ने साहस गर्न सक्दैनन् ।तेस्रो थरिका विद्यार्थीहरु राज्यको आधिकारिक र औपचारिक निर्णय हुदाहुदै कलेजहरुको लुटाइवाट लुटिन चाहदैनन् प्रतिवाद गर्न चाहन्छन् भने विद्रोहको उपयूक्त वातावरण खोजि रहेका छन् जो CMC को आन्दोलनका रुपमा व्यक्त भएको छ।

सादुवाद CMC विद्यार्थी आन्दोलन

चालु अवस्थामा रहेका देश भरका १८ वटा मेडिकल कलेजहरु मध्य प्राय मेडिकल कलेजहरुमा कलेज पिच्छे फरक फरक मापदण्ड छन् तिनले राज्य र सरकारी निकायहरुको निर्णय केहि मान्नु पर्दैन विभिन्न वहानामा विद्यार्थीहरु लुटि रहनु छ । उनिहरुको परिभाषामा मेडिकल शिक्षाको लाइसेन्स लुट्नकै लागि हो । कानुन मान्नु पर्दैन,सरकारको निर्णय निर्देशन जरुरी रहदैन केवल अमुक व्यक्ति पोस्ने र लुट्ने उनिहरुको परम्परा नै वनेको छ।

यो आफ्नो लुटको परम्परा वचाइराख्न उनिहरु जस्तोसुकै तिक्डम र नाजायज सम्झौता गर्न तयार छन् । यस्तो वेतिथि अन्त्य गर्ने तागत अन्ततः युवा विद्यार्थीहरु मै छ। यसको सशक्त प्रतिवाद युवा विधार्थिहरुले नै गर्नु पर्दछ र मुख्य दायित्व पनि युवा विद्यार्थीहरुको नै हुन आउछ। तर विडम्वना यस्तो रेडिमेट मनोविज्ञान छ कि अमुक विद्यार्थी संगठनको नेताले के वोल्छ ,कसरी सोचछ ,विद्यार्थी संगठनका प्रेश विज्ञप्ति फेशवुक स्टाटस ,टुइट हेरेर मात्र होइन कलेज प्रशासन संगको विद्यार्थी नेताको संवन्धका आधारमा धारणा वनाउने, कुनै अमुक दलसंगको सम्वन्ध वुझेर सम्वन्ध निर्माण गर्न खोज्ने गलत परिपाटि छ। जो दाश मनोविज्ञानवाट ग्रस्त छ।

जो दाशत्ववाट मुक्त हुन सक्दैन उसले मुक्ति र स्वतन्त्रताको कल्पना समेत गर्न सक्दैन। नाजायज दाशत्ववाट मुक्त हुन नया शाहस ,संकल्प र नया विश्वास चाहिन्छ जोखिम उठाउन सामर्थ्य राख्न पर्दछ। आफुले भोगि रहेको समस्याको समाधान आफैले खोज्नु खक्नुपर्दछ। अझ वढी विश्वविद्यालय तहको शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको त्यो तहको नेतृत्व गर्न आवश्यक छ । त्यो अनुकरणीय शाहसिक नेतृत्व CMC कलेजको विद्यार्थीहरुले प्रदर्शन गर्दा देश भरी छरिएर रहेका मेडिकल कलेजका विद्यार्थीहरुलाई नया सन्देश प्रवाह गरेको छ र सिङगो मुलुकको ध्यान खिच्न पनि सफल भएको छ।

CMC का विद्यार्थीहरुको जेल वसाई ,विभिन्न यातनाका श्रृङखलाहरु र कलेज प्रशासनले दिएको मनोवैज्ञानिक त्रासको नियति पर्दाफास भएकोछ। विद्यार्थी आन्दोलन द्वारा लडिएको न्यायिक लडाइँ संस्थागत हुदैछ। कुनै वेला रामपुर कृषि विश्वविद्यालयको विद्यार्थी आन्दोलन निजिकरणका विरुद्वमा उभियो , गण्डकि मेडिकलको विद्यार्थी आन्दोलनले नया सुरुवात गर्यो र चितवन मेडिकल कलेजको विधार्थि आन्दोलनले मेडिकल शिक्षाका क्षेत्रमा व्याप्त लुटतन्त्रका विरुद्वमा विद्रोह वोल्यो र त विद्यार्थी हुनुमा गौरव छ ,विद्यार्थी तागतमा विश्वास छ। सादुवाद CMC विद्यार्थी आन्दोलनलाई।

Loading...

प्रतिकृया लेख्नुहोस्: