मंसिर ४ गते, २०७६

कमरेड विप्लव! एक नागरिकका हिसाबले खवरदारी गरि रहने छु

पटक हेरिएको

क.महासचिव,
ने.क.पा.केन्द्रिय समिती

एक पटक पनि कमजोरी के हो? र कसरी सच्याउने? अप्रयाप्तता के हो ? र कसरी विकास पुर्ण गर्ने? कुनै सल्लाह सुझाव र निर्देशन नदिएर,निर्णय गर्नु अगाडि न्युनतम छलफल र परामर्श नगरेर,तोकिएको कार्य क्षेत्रमा निरन्तर खटी रहेको समयमा,दुस्ख कस्ट गरि रहेको सन्दर्भमा हठात जिम्मेवारिवाट अलग गर्नु यो कुन प्रकारको लेनिनवादी संगठनात्मक विधि,प्रकृया र पद्धति हो? वुझ्न असाध्यै कठिन भएको छ।

कुनै राजनैतिक पार्टी ,त्यसमा पनि अझ वढि क्रान्तिको जहाज हाक्ने अभिभारा वोकेको कम्युनिस्ट पार्टीले आफू मातहतका विभिन्न तहका कार्यकार्ताहरु, त्यसमा पनि पेशेवेर कार्यकार्ताहरुको समुचित ढंगले सहि र वस्तुवादी मूल्याकंन गर्न सक्दैन,कार्यकार्ताको प्रवृति ,योगदान र स्तर अनुरुपको सन्तुलित व्यवहार गर्न सक्दैन र समान एवं निस्पक्षे ढंगले न्याय संगत निर्णय गर्न चुक्छ भने त्यस्ले क्रान्तिलाई ठिकढंगले गन्तव्य सम्म पुरयाएर आम श्रमिक जनतालाई वास्तविक समानता,अवसर र न्यायदिन कसरी सक्ला? यदि पार्टी नेतृत्वको कुनै कार्यकर्ताप्रती भरोसा र विश्वास भएन भने त्यो कार्यकर्ता त्यहाँ वसि रहनु उपयुक्त हुदैन। किनकी,त्यस्ले पार्टी नेतृत्व,कार्यकर्ता र आन्दोलन कसैको पनि हित गर्न सक्दैन।आफू अन्यायमा परेको महसुस गरि सकेपछी कुनै पनि कार्यकर्ता त्यहीँ टासीइ रहन सक्दैन।

मेरो भुमिका र जिम्मेवारिको वारेमा पार्टीले पहिले जेजस्तो निर्णय गरेको थियो त्यसप्रती मलाई खासै हर्ष,खुशी र गौरव वोध थिएन। जसले गर्दा पुर्ण उत्साह र वलिदानी भावका साथ काम गर्ने कुरामा कतैनकतै वाधा अड्चनको अनुभूति हुने गर्दथ्यो। यो कुरा मैले उतिवेला देखी संमयता अपनाएर,पार्टी अनुशासन,पद्धति र च्यानलमा रहेर व्युरो इन्चार्ज,कमान इन्चार्ज र स्वयं प्रत्येक्ष ढंगले आदरणीय महासचिव संग पनि राखेको थिए। यस पृष्ठभूमिका विचवाट पनि आजका दिन सम्म आइ पुग्दा सकेजती सकृयता पुर्वक नै आफ्नो दायित्व र कर्तव्यमा व्यस्त थिए भन्ने ठानेको छु। तर एक पछि अर्को ठुला-ठुला उथलपुथलकारी परिणाम भने प्राप्त गर्न सकिएन। किनकी,वस्तुगत र आत्मगत दुवै कारणले सो कुरा त्यति सहज थिएन।

चौतर्फी संकट र चुनौतिको मुकाविला गर्दै वर्तमान सत्ताका अकथनिय जालझेल,दमन,उत्पिडन र षडयन्त्रको सामना गर्दै निर्भिक ढंगले आफ्नो कर्तव्य निभाउदा निभाउदै पनि मेरो जुन सिमित जिम्मेवारी थियो,जो माथी वताइएको पनि छ का वारेमा पार्टी स्थायी समितिले जुन निर्णय गरेको कुरा अवगत गरे त्यस प्रती म सहमत भएर मौन वस्ने स्थिती भएन।उक्त्त निर्णय प्रती म नामन्जुर मात्र होइन मनमा गहिरो चोट पुगेको अनुभूति भएको छ।

हिजोका दिनहरुमा कथित ए माओवादी हुँदै माओवादी केन्द्र सम्म आइ पुग्दा त्यहाँ म प्रती पाखण्डी र धोकेवाजहरुले पक्षेपात र अपमान मात्र होइन घोर अन्याय र अत्याचार गरि ज्याजती थोपरि रहे। कहिलै सकारात्मक ढंगले हेरेनन।दुष्कर्मिहरुले संधै भरी थिचिनै राखे।आफ्ना नातागोताकाहरु,चाटुकारहरु,कुटिलहरु र आफ्ना गुटका वज्रस्वाठहरुलाई मात्र उच्च जिम्मेवारी र अवसर प्रदान गरे र यहाँ पनि कालान्तरमा कतै त्यस्तै हुने त होइनरुयसले मलाई असाध्यै चिन्तित वनाएको छ।

३०/३२वर्षको अवधी सम्म कम्युनिस्ट आन्दोलनमा लागेर यहाँ सम्मा आइ पुग्दा समेत उचित जिम्मेवारी प्राप्त गर्न नसक्ने अनुचित पात्र भैसके पछी अन्धकार राजनैतिक भविस्य वोकेर अरु कस्लाई उज्यालो दिन सकिन्छररुमेरो वुझाइमा नेपालको यति वेलाको यो परिवेसमा पार्टिले विविध कला, क्षेमता,जागर र प्रवृति भएका अनेकौ कार्यकर्ताहरुलाई सापेक्षेतामा उचित जिम्मेवारी दिदै र समेट्दै आफ्नो घेरालाई थोरै खुकुलो पारेर फराकिलो वनाउदै अगाडि जानू पर्ने हो।

व्यापक जनवादी छलफल र विधि विना नै एक्कासी अमुर्त ढंगले कमिटी सानो र चुस्त वनाउने नाममा,सुदृढीकरणका नाममा सकृयता पुर्वक मैदानमा भिडि रहेकालाइ पनि जिम्मेवारी संकुचित गर्नु वस्तुवादी निर्णय भएन भन्ने लाग्छ। ध्यान दिन योग्य कुरा के छ भने कमिटिको आकार सानो भएर मात्रै चुस्त र गतिवान हुन सक्दैन। फेरि कुन धरातलमा उभिएर ,कुन मान्यता र मापदण्डका आधारमा कुनै हटाइने र कुनै नेतृत्व छनौटमा पर्ने भयोरुके शुद्धिकरण यस्तै हुन्छ ? नेतृत्व छनौट र मुल्यांकनको उक्त कुरा उठाएर मैले असहमति र विरोध जनाउदै गर्दा यदि कसैले मलाई आत्म केन्द्रीत ,पदलोलुप र अवसरवादिको विल्ला विराउछ्भने त्यो ममाथिको मनोगत,संकीर्ण र पुर्वाग्रही तर्क मात्र हुनेछ।

यसका विरुद्द म पनि कयौ तथ्यहरु सहित खुल्ल्म खुल्ला सार्वजनिक ढंगले तर्क र वहस गर्न तयारछु।मैले देखेको छु यो पार्टिमा पनि पद वा नेतृत्व प्राप्तिकालागी पार्टी पंक्ति भित्र के कस्तो मोह र तानाखिची छ ? कस्ले के के गरि रहेका छन ? वाकी अरु जति सवैलाई हैसियत वा पावर चाहिने तर मलाई भने कहिलै कतै नचाहिने? के यो सधै सहन संभव छ?

तथ्यहिन ढंगले म यतिवेला अनेक थरी आरोप थोपरेर कसैलाई पनि दोषारोपण गर्न चाहान्न।तर, मैले यति त भन्नै पर्छ कि म यस पार्टीमा आवद्द भैसके पछी भित्र पसेर हेर्दा मैले सोचेको र चाहेको भन्दा समस्याहरु अलि वढी नै भेटे,राम्रा पक्षहरु कल्पना गरेको र चाहेको भन्दा कमै देखे। जुन निम्न छन् :

१. मिहिन ढंग वाट जातिय,क्षेत्रीय र गुटगत मानसिकता र क्रियाकलापका समस्याहरु।

२. मानिसहरु अरु पार्टी वाट विद्रोह गरेर यश पार्टिमा पनि आइदिउन तर जिम्मेवारी र हैसियत भने नखोजुन् भन्ने जस्तो संकुचित र मनोगत चिन्तनका समस्याहरु पनि छन् भन्ने अनुभूति भएको छ। मुल नेतृत्वले कयौ मानिसहरु आउन भन्ने चाहने तर,पार्टिका अन्य पंक्तिमा भने अरु मानिस आएर उपल्लो स्तरमा पुग्लान कि? म तल परुला कि भन्ने मनोरोगको भावनाले ग्रस्त वनाएको पाइयो।

३. अर्थ केन्द्रीत,परिवार केन्द्रित ,पावर केन्द्रित निम्न पुजीवादी व्यक्तिवादी अराजकता र दक्षिणपन्थी आत्म समर्पणका समस्याहरु पनि प्रसस्तै छन्। यी समस्याहरु पार्टी भित्रका नि स्वार्थ र इमान्दार कार्यकर्ता र सिंगो पार्टिका लागि अत्यन्तै वाधक समस्याहरु हुन यस्ले क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण र विकासमा धेरै ठूलो व्यवधान ल्याउने मात्र होइन यस्को समयमै सहि समधान भएन भने पार्टिमा कत्रो क्षेती पुर्याउछ भन्ने कुरा हामिले आफ्नै जिवनकालमा प्रचण्ड वाबुरामले नेतृत्व गरेको पार्टिको हविगत कहाँ पुगेर कसरी पतन भयो भन्ने कुरा देखेकै छौ।

वर्तमान नेपालको राजनैतिक प्रणाली र समाजलाई आमूल परिवर्तन गर्न जरुरी छ। आम जनताका लागी यो लोकतान्त्रिक गनतन्त्र नभएर लूटतान्त्रिक गणतन्त्र हो। यो सारमा दलाल पुजीवादी जन विरोधी संसदिय गणतन्त्र हो भन्ने कुरा यसका आफनै निकृष्ट कुकर्महरुले दिन दिनै प्रमाणित गरि रहेका छन्। त्यसैले,यस्का विकल्पमा श्रमिक जनताको आफ्नै व्यस्था र सत्ता स्थापनाको जरुरी छ। यसमा म प्रस्टै छु। यसका घृणित कुकर्मका विरुद्द जुध्ने एउटा सशक्त राजनैतिक शक्त्तिको आवश्यकता छ।

आज यसै व्यवस्थाको सरकारमा वसेर कथित कम्युनिस्टको नाममा जनता उपर घोर लुट, पक्षेपात, उत्पिडन, ज्याजती, शोषण, घुष, भ्रस्टाचार, कमिसनतन्त्र, वंशतन्त्र अथवा जहानिया हुकुमी तन्त्र र राज्य आतंक थोपर्ने र संस्थागत गर्ने दुष्कर्म गरिदैछ। यसका विरुद्ध संघर्ष गर्ने कुनै पनि शक्त्ती,संस्था र व्यक्ती प्रती मेरो सधै सहानुभुती रहनेछ। किनकी आज नकावधारी कम्युनिस्टहरुले स्थानिय सरकारका नामवाट पनि ज्याजती, कुकर्म ,लुट, उधण्डता र जन विरोधी दवदवालाई प्रहार गरि निस्तेज गर्ने कुन तागतहोला भनेर उत्पिडित जनताहरु रोइकराई गरि रहेका छन्।

तीन तहका ७६१ सात शय एकसट्टी वटा सरकारका माध्यमवाट नेपाली जनता र देशका विरुद्ध सामाजिक दलालपुजीवाद लाद्ने र नेपाली सार्बभौम सत्ता र स्वाधिनतालाई कमजोर पार्ने दुस्कर्म नाङ्गो रुपमा नाची रहेकोछ। यस्ता घृणित हर्कत विरुद्ध अन्य सचेत नागरिक संगै म सधै आफ्नो ठाउँवाट एक नागरिकका हिसाबले खवरदारी गरि रहने छु।

अन्तमा गैह्र न्यायिक ढंगवाट गिरप्तारिमा परि जेल र हिरासतमा सताइनु भएका संपुर्ण साथिहरु प्रती हार्दिक सदभाव,सहानुभुती र सम्मान प्रकट गर्दै,यश विचमा उच्च वलिदान गर्नुहुने कमरेडहरु प्रती हार्दिक श्रद्धाञ्जली एबं शोकाकुल परिवारजनहरु प्रती समवेदना जाहेर गर्दै मेरो वारे हुन गएको अन्यायपुर्ण र अप्रिय निर्णय प्रती असहमती र शक्त्त विरोध जनाउदै आजका मिति देखि म यश पार्टिको कुनै पनि निकायमा नरहेर स्वतन्त्र रहने जानकारी गराउछु। धन्यवाद! लाल सलाम!

श्याम वहादुर वोहरा (अटल)

Loading...

प्रतिकृया लेख्नुहोस्: